Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

युक्रेन आक्रमण: रुसी तेल प्रशोधन केन्द्र बन्द

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ११, २०८३  | बिहान ८:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । युक्रेनले लगातार गरेका ड्रोन आक्रमणहरूका कारण मस्कोको दक्षिणमा अवस्थित एउटा ठूलो तेल प्रशोधन केन्द्र कम्तीमा ६ महिनाका लागि बन्द हुने भएको छ।

गाजप्रोम नेफ्टद्वारा सञ्चालित यस प्रशोधन केन्द्रमा पहिलो पटक जुन १६ मा आक्रमण भएको थियो । जसबाट रिफाइनरीको ५३ प्रतिशत क्षमता ओगट्ने एउटा डिस्टिलेसन युनिटमा क्षति पुगेको थियो।

बिज्ञापन

उक्त तेल प्रशोधन केन्द्रले गत वर्ष २.९ मिलियन टन पेट्रोल र ३.२ मिलियन टन डिजेल उत्पादन गरेको थियो। यो केन्द्र रूसी ऊर्जा कम्पनी गाजप्रोम नेफ्टद्वारा सञ्चालन हुँदै आएको छ। यद्यपि, केन्द्रमा भएको क्षतिबारे रूसी अधिकारीहरूले हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएका छैनन्।

युक्रेनले यस वर्षको वसन्त ऋतुयता रूसी तेल प्रशोधन केन्द्रहरू तथा इन्धन आपूर्ति शृङ्खलामाथि ड्रोन आक्रमणलाई तीव्र बनाएको छ। ती आक्रमणका कारण रूसको पेट्रोल उत्पादनमा महत्वपूर्ण योगदान पुर्‍याउने विभिन्न प्रशोधन केन्द्रहरूको उत्पादन प्रभावित भएको छ। कतिपय केन्द्रमा उत्पादन पूर्ण रूपमा ठप्प भएको छ भने केहीमा उल्लेखनीय रूपमा घटेको छ। यसको असरस्वरूप रूसका केही क्षेत्रमा इन्धनको रासनिङसमेत लागू गर्नुपरेको छ।

यस वर्षको सुरुदेखि नै रूसमा पेट्रोलको औसत मूल्य ६.६ प्रतिशतले वृद्धि भएको छ। जुन १५ सम्मको तथ्याङ्कअनुसार, एक सातामै भएको मूल्यवृद्धिपछि पेट्रोलको राष्ट्रिय औसत मूल्य प्रतिलिटर ६९.११ रुबल पुगेको थियो।

रूसका उपप्रधानमन्त्री अलेक्ज्याण्डर नोभाकले मंगलबार आन्तरिक इन्धन बजारको अवस्था “चुनौतीपूर्ण भए पनि नियन्त्रणमा रहेको” बताएका छन्। उनले पेट्रोल र जेट इन्धनको निर्यातमा पहिलेदेखि लागू प्रतिबन्धलाई निरन्तरता दिइएको उल्लेख गर्दै डिजेल निर्यातमा समेत पूर्ण प्रतिबन्ध लगाउने विषयमा सरकारभित्र छलफल भइरहेको जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa