Premier Cables
Premier Steel

विराटनगर

कटहरी खण्डमा तीनवटा ट्रक बाटोमै फसे, हुलाकी राजमार्गको आवागमन प्रभावित

Hamro Biratnagar News Channel Calendar सोमबार, असार ०८, २०८३  | बिहान ११:५४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । हुलाकी राजमार्गअन्तर्गत मोरङको कटहरी खण्डमा तीनवटा मालबाहक ट्रक फसेपछि सवारी आवागमन प्रभावित भएको छ।

वर्षाका कारण हाटखोला–कटहरी सडक खण्डको कच्ची बाटो हिलाम्मे बनेपछि सोमबार एकै स्थानमा तीनवटा लोड बोकेका ट्रक खाल्डोमा फसेका हुन्।

बिज्ञापन

ट्रक फसेपछि ट्राफिक प्रहरीले मालबाहक सवारीसाधनको आवागमन अस्थायी रूपमा रोकेको छ। फसेका ट्रक निकाल्न आवश्यक उपकरण परिचालन गर्ने तयारी भइरहेको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय, इटहरीले जनाएको छ।

कार्यालय प्रमुख युवराज पोखरेलका अनुसार बर्खाको समयमा कच्ची सडक र अत्यधिक भार बोकेका सवारीका कारण कटहरी खण्डमा ट्रक फस्ने समस्या पटक–पटक दोहोरिँदै आएको छ। फसेका सवारी हटाएर सडक सञ्चालनमा ल्याउन आवश्यक मेसिन पठाउने तयारी भइसकेको उनले बताए।

मोरङमा पर्ने ४४ किलोमिटर हुलाकी राजमार्गमध्ये विराटनगरको हाटखोलादेखि कटहरीको रामचोकसम्मको करिब ६ किलोमिटर सडक लामो समयदेखि समस्याग्रस्त छ। २०७६ सालमा श्रेष्ठ कन्स्ट्रक्सन कम्पनी प्रालिले निर्माणको ठेक्का पाए पनि काम सम्पन्न नगरेपछि ठेक्का सम्झौता रद्द गरिएको थियो। त्यसयता उक्त सडक निर्माण अलपत्र अवस्थामा छ।

योजना कार्यालय प्रमुख पोखरेलले कटहरी खण्ड निर्माणका लागि नयाँ ठेक्का प्रक्रिया अघि बढिसकेको जानकारी दिए। उनका अनुसार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयबाट सहमति प्राप्त भइसकेको छ। लागत अनुमान स्वीकृत भएपछि एक साताभित्र नयाँ ठेक्का आह्वान गर्ने तयारी रहेको उनले बताए।

यसअघिको ठेकेदार कम्पनीले ठेक्का रद्दविरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दा खारेज भइसकेकाले नयाँ ठेक्का प्रक्रियामा कानुनी अवरोध नरहेको पोखरेलको भनाइ छ।

बर्खा सुरु भएसँगै कटहरी खण्डमा हरेक वर्ष मालबाहक सवारी फस्ने समस्या देखिँदै आएको छ। पूर्व–पश्चिम हुलाकी राजमार्ग निर्माणका लागि सरकारले २९ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa