चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशन चितवनमा सुरु भएको छ ।
महाधिवेशनका लागि पार्टीले विभिन्न पदहरूमा उम्मेदवारी दर्ता शुल्क र आवश्यक समर्थन संख्या तोकेको छ।
पार्टीले सार्वजनिक गरेको विवरण अनुसार सभापति पदका लागि रु ५१,००० शुल्क तोकिएको छ भने उम्मेदवारलाई १ जना प्रस्तावक र ५१ जना समर्थक आवश्यक पर्नेछ।
त्यसैगरी पदाधिकारी पदका लागि रु ४१,००० शुल्क निर्धारण गरिएको छ। उक्त पदमा उम्मेदवारी दिन १ जना प्रस्तावक र २१ जना समर्थक अनिवार्य गरिएको छ।
केन्द्रीय सदस्य पदका लागि रु २१,००० शुल्क तोकिएको छ भने सो पदमा पनि १ जना प्रस्तावक र २१ जना समर्थक आवश्यक हुने व्यवस्था गरिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी को महाधिवेशनले संगठनात्मक संरचना र नेतृत्व चयन प्रक्रियालाई अगाडि बढाउने अपेक्षा गरिएको छ।
*** समाप्त ***