Premier Cables
Premier Steel

राजनीति

राष्ट्रिय परिचयपत्रलाई सबै सरकारी सेवासँग जोड्ने तयारी

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०४, २०८३  | साँझ ६:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । सरकारले राष्ट्रिय परिचयपत्रलाई सबै प्रकारका सरकारी तथा सार्वजनिक सेवासँग आबद्ध गर्ने नीति अघि सारेको छ। गृहमन्त्री सुधन गुरुङ ले बजेटमाथिको छलफलका क्रममा प्रतिनिधिसभामा उठेका प्रश्नहरूको जवाफ दिँदै यस्तो जानकारी दिएका हुन्।

प्रतिनिधिसभाको बैठकमा मन्त्री गुरुङले राष्ट्रिय परिचयपत्रलाई सरकारका सबै सेवासँग क्रमशः एकीकृत गर्ने तयारी भइरहेको बताए। उनका अनुसार यस व्यवस्थाले नागरिकलाई विभिन्न सेवा प्राप्त गर्न सहज हुने तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

बिज्ञापन

मन्त्री गुरुङले राष्ट्रिय परिचयपत्रलाई सार्वजनिक सेवा प्रणालीसँग जोडेर एकीकृत सेवा प्रवाहको आधार तयार गर्न सरकार प्रतिबद्ध रहेको बताए। यसबाट सेवा प्राप्तिको प्रक्रिया सरल, छरितो र व्यवस्थित बन्ने सरकारको विश्वास रहेको उनको भनाइ थियो।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa