Premier Cables

अन्तराष्ट्रिय

जन्तर-मन्तरमा कक्रोच युवा पार्टीको प्रदर्शन, सरकारविरुद्ध चर्को नाराबाजीबीच ६ जना गिरफ्तार

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, जेठ २३, २०८३  | अपराह्न ३:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नयाँ दिल्ली । दिल्लीको जन्तर–मन्तरमा आयोजित विशाल युवा प्रदर्शनलाई सम्बोधन गर्दै ककरोच जनता पार्टी (सीजेपी) का संस्थापक अभिजीत दिपके ले आन्दोलन, धर्ना र प्रदर्शनले युवाहरूको आवाज जीवित रहेको सन्देश दिने बताएका छन्।

उनले भने, “धेरैले आन्दोलन गरेर के फाइदा हुन्छ भन्छन्। तर यसले हामी जीवित छौँ, आफ्ना अधिकारका लागि लड्न तयार छौँ भन्ने प्रमाणित गर्छ। सरकारका लागि हामी साना कीरा जस्ता हुन सक्छौँ, तर हामीसँग संघर्ष गर्ने शक्ति छ।”

विज्ञापन

प्रदर्शनमा सहभागी दिपंकर भट्टाचार्य ले प्रश्नपत्र चुहावट, बढ्दो बेरोजगारी र सार्वजनिक शिक्षाको कमजोर अवस्थाका कारण युवाहरू आक्रोशित भएको बताए। उनले सरकारले यी समस्याको जवाफ दिनुपर्ने र शिक्षा मन्त्री धर्मेन्द्र प्रधान ले जिम्मेवारी लिएर राजीनामा दिनुपर्ने माग गरे।

यसैबीच, प्रदर्शनका क्रममा दुई समूहबीच तनाव उत्पन्न हुन सक्ने सूचनापछि दिल्ली प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले शान्ति–सुरक्षा कायम राख्न सावधानीस्वरूप उनीहरूलाई नियन्त्रणमा लिएको र कुनै अप्रिय घटना नभएको जानकारी दिएको छ।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको प्रहरीले जनाएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka