Premier Cables
Premier Steel

विराटनगर

विश्ववपति महादेव मन्दिर व्यवस्थापन समितिका नवनियुक्त पदाधिकारीको सपथ

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०८, २०८२  | अपराह्न १:३९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । महानगरपालिका वार्ड -१३ स्थित अवस्थित रहेको ॐ विश्ववपति महादेव मन्दिर व्यवस्थापन समितिको नयाँ कार्यकालका लागि गठित समितिका पदाधिकारीले सपथ लिएका छन् । पदाधिकारी तथा सदस्यहरुको सपथ ग्रहण सम्पन्न भएको हो ।

विराटनगर महानगरपालिका -१३ स्थित मन्दिरकै प्राङ्गणमा कार्यक्रम आयोजना गरिएको हो ।

बिज्ञापन

समितिका सल्लाहाकार समेत रहेका नेपाली कांग्रेस वडा नं १३ का युवानेता आमोद कुमार झा थिए ।

विशेष अतिथि नेपाली कांग्रेस १४ का सभापति तथा सल्लाहाकार प्रदीप यादव रहेका थिए ।‌ कार्यक्रमको अध्यक्षता मन्दिर व्यवस्थापन समितिका नव निर्वाचित अध्यक्ष सनिचार पासवान ले गरेका थिए। नवगठित समितिमा सन्तोष देव उपाध्यक्ष, शत्रुधन लाल देव सचिव र कोषाध्यक्ष पदमा किना कुरामी सरदर चयन भएका छन् ।‌ समिति १८ सदस्यीय छ।

सबै सदस्यहरूलाई पद तथा गोपनीयताको सपथ निर्वाचन समितिका सदस्य रघुनन्दन महतो समक्ष लिए।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि आमोद कुमार झा ले मन्दिर व्यवस्थापन समितिले धार्मिक, सांस्कृतिक र सामाजिक मूल्य–मान्यताको संरक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे।

उनले मन्दिरको सम्पत्ति संरक्षण, पूजा–संस्कारको मर्यादा कायम राख्न र मन्दिरलाई धार्मिक पर्यटनको केन्द्र बनाउने कार्यमा सक्रिय रहन समिति सदस्यहरूलाई आग्रह गरे।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka