Premier Cables
Premier Steel

मौसम

कस्तो रहने छ आज देशभरको मौसम ?

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar बुधबार, जेठ १४, २०८२  | बिहान ६:५२ बजे

काठमाडौं । देशका केही भूभागमा बुधबार वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । पश्चिमी र स्थानीय वायुसँगै बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव रहने भएकोले वर्षाको सम्भावना रहेको बताइएको छ ।

विभागका अनुसार लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

बिज्ञापन

पहाडी भूभागका थोरै स्थानमा र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति वाग्मती र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ ।

वाग्मती र गण्डकीलगायत बाँकी प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागको भनाइ छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka