Premier Cables
Premier Steel

राजनीति राष्ट्रिय

युवा संघको नेतृत्व छान्न मतदान शुरु, भोटिङ मेसिनको प्रयोग

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ १३, २०८२  | बिहान ११:५९ बजे
Hamro Biratnagar Headlines

पोखरा । एमाले निकट राष्ट्रिय युवा संघ नेपालको केन्द्रीय नेतृत्व चयन गर्न पोखरामा मतदान शुरु भएको छ ।

जारी १०औँ महाधिवेशनबाट नयाँ कमिटी चयन गर्न लागिएको हो । सर्वसम्मत गराउन ३ दिनदेखि जारी प्रयास थियो । तर, सफल हुन सकेन । पोखरा सभागृहमा मंगलबार मतदान सुरु भएको छ ।

बिज्ञापन

मतदानका लागि ९ वटा केन्द्रमा ४२ वटा भोटिङ मेसिन राखिएको छ । निर्वाचन अधिकृत जय गुरुङले आयोजक कमिटी, सात प्रदेश र अन्तर जिल्ला विशेष प्रदेशबाट चयन भएका प्रतिनिधिका लागि छुट्टाछुट्टै मतदान केन्द्र प्रयोग गरिएको बताए । दिउँसो ३ बजेसम्ममा मतदान सकिने छ ।

अध्यक्षमा दुवै दाबेदारले सदस्यसम्मको प्यानल बनाएका छन् । क्षितिज थेबे प्यानलबाट उपाध्यक्षमा महाराज गुरुङ र विनय शाह, महासचिवमा महेश चौलागाईं, उपमहासचिवमा उपेन्द्र शाही, सचिवमा मदन भण्डारी र देवबहादुर बस्नेत, महिला सचिवमा निशा लिम्बु सुब्बा, मधेसी सचिवमा मोबिन अख्तर आलम उम्मेदवार छन्। अनुशासन आयोग अध्यक्षमा महमद निजामुदिन (निजाम), निर्वाचन आयोग अध्यक्षमा मदन गिरी, लेखा आयोग अध्यक्षमा कृष्णदत्त जैसी, युवा विज्ञ परिषद्मा चीन लामा उम्मेदवार छन् ।

यसैगरी सुमन पुरी प्यानलबाट उपाध्यक्षमा प्रकाश गौतम र पर्वत भण्डारी, महासचिवमा कुबेर अधिकारी, उपमहासचिवमा खेमराज शर्मा, सचिव खुलामा अरुण कुँवर र ध्रुव खड्का, महिला सचिवमा रेशु तामाङ, मधेसी सचिवमा चितरञ्जन यादव उम्मेदवार छन् । अनुशासन आयोग अध्यक्षमा अजयजंग शाही, निर्वाचन आयोग अध्यक्षमा शिव रिमाल, लेखा आयोग अध्यक्षमा विक्रम गुरुङ, युवा विज्ञ आयोग अध्यक्षमा मोदनाथ सिलवाल (सन्तोष)ले पुरी प्यानलबाट उम्मेदवारी दिएका छन्।

सचिव खुल्लामा वकिलबहादुर बम, मिनाकुमारी राई (रञ्जु), सचिव मधेसीमा विकास झा, सचिव महिलामा रोजिना पाण्डे (उमा)ले दुवै प्यानल बाहिर रहेर उम्मेदवारी दिएका छन् ।

महाधिवेशनका लागि देशभरबाट १ हजार ७ सय ६४ प्रतिनिधि छन ्। लेखा आयोग उपाध्यक्षमा अमित कार्की, सचिवमा लोकेश पाल र भूगोलबाट निर्वाचित हुने सदस्य गरेर ६२ जना निर्विरोध निर्वाचित भइसकेका छन् । महाधिवेशनबाट पदाधिकारी र सदस्य, आयोग पदाधिकारी र सदस्य गरेर १ सय ६३ जनाको कमिटी चयन हुनेछ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka