Premier Cables
Premier Steel

विराटनगर

विज्ञापन रोक परिपत्र खारेजदेखि पत्रकार सुरक्षामा पत्रकार महासङ्घ मोरङको ११ बुँदे घोषणा पत्र जारी

Hamro Biratnagar News Channel Calendar बिहिबार, जेठ ०७, २०८३  | साँझ ६:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङ ले पूर्ण प्रेस स्वतन्त्रताको व्यवहारिक कार्यान्वयन गर्न सरकारसँग माग गरेको छ ।

महासंघ मोरङको बिहीवार विराटनगरमा सम्पन्न वार्षिक साधारणसभाले समसामयिक प्रस्तावसहित ११ बुँदे घोषणापत्र जारी गर्दै संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रता व्यवहारमा लागू गर्न जोडदार माग गरेको हो ।

बिज्ञापन

साधारणसभाले मन्त्रिपरिषद्को कार्यालयबाट जारी गरिएको विज्ञापन सम्बन्धी परिपत्रले व्यवसायिक सञ्चारमाध्यम सञ्चालनमा अवरोध पुगेको उल्लेख गर्दै उक्त परिपत्र तत्काल खारेज गर्न माग गरेको छ ।

त्यस्तै, स्थानीय तथा प्रदेश सरकारका सूचना र विज्ञापन सम्बन्धित तहकै सञ्चारमाध्यममा समानुपातिक रूपमा उपलब्ध गराउनुपर्नेमा जोड दिइएको छ । महासंघले सरकारले उपलब्ध गराउँदै आएको लोककल्याणकारी विज्ञापन रोकिएकोप्रति खेद व्यक्त गर्दै त्यसलाई निरन्तरता दिन तथा अनलाइन सञ्चारमाध्यममा समेत लागू गर्न माग गरेको छ ।

घोषणापत्रमा युट्युब र सामाजिक सञ्जालमार्फत प्रसारण हुने सामग्रीले पत्रकारिताको मूल्य र प्रतिष्ठामा असर पारेको उल्लेख गर्दै ती माध्यमलाई पत्रकारिताको मूलधारमा ल्याउन सम्बन्धित पक्षसँग छलफल, नियमन तथा क्षमता विकासमा पहल गर्ने प्रतिबद्धता जनाइएको छ ।

महासंघले पत्रकारको पेशागत तथा जीउधनको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेको छ । साथै पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि प्रभावकारी तालिम तथा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न तीनै तहका सरकारसँग आग्रह गरिएको छ ।

पत्रकारहरूको पेशागत सुरक्षाका लागि सञ्चारमाध्यमबाट नियुक्तिपत्र, परिचयपत्र र आवश्यक सिफारिस उपलब्ध गराउने वातावरण बनाउन पनि माग गरिएको छ ।

त्यसैगरी पत्रकार आचारसंहिताको पालना गराउन नियमित अभिमुखीकरण सञ्चालन गर्ने तथा जिल्लाभित्र रहेका सञ्चारमाध्यमहरूको अनुगमन गरी पत्रकारको पारिश्रमिक, तलब–भत्ता र सेवा सुविधाको अभिलेख राख्ने प्रतिबद्धता महासंघ मोरङ जिल्ला कार्यसमितिले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka