Premier Cables
Premier Steel

विराटनगर

आगजनी भएका कार्यालयमा पत्रकार महासंघद्वारा सरसफाइ गरिने

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, भाद्र २७, २०८२  | साँझ ५:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल पत्रकार महासंघ मोरङले भदौ २८ गते (भोलि) बिहान ७:३० बजेबाट तोडफोड तथा आगजनी भएका कार्यालयहरूको सरसफाइ अभियान सञ्चालन गर्न भएको छ ।

उक्त कार्यक्रममा सबै सञ्चारकर्मीहरूको सहभागिताका लागि महासंघले अपिलसमेत गरेको छ।

बिज्ञापन

महासंघका सचिव नेत्र पी अधिकारीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै पछिल्लो समय पत्रकार र सञ्चार संस्थामाथि भइरहेको धम्की, आक्रमण र दबाबको घटना बढेको भन्दै त्यसको निन्दा गरेका छन् । यस विषयमा महासंघले बिहीबार अग्रज पत्रकार सहितको छलफल राखेको थियो ।

महासंघ मोरङले आयोजना गरेको छलफल कार्यक्रममा महासंघका केन्द्रीय सदस्य, कोशी प्रदेशका पदाधिकारी, पूर्व अध्यक्षहरू, सरोकारवाला संगठनका प्रतिनिधिहरू तथा अग्रज पत्रकारहरूको उपस्थितिमा मुलुकको वर्तमान परिस्थितिबारे छलफल गरिएको थियो।

महासंघले निष्पक्ष, स्वतन्त्र र धर्मनिरपेक्ष पत्रकारिता गरिरहेका पत्रकार र सञ्चारमाध्यमको भूमिकाको प्रशंसा गर्दै रिपोर्टिङ्गको क्रममा उत्पन्न हुने सम्भावित समस्या, धम्की, आक्रमण वा अवरोध भए तत्काल महासंघ मोरङलाई जानकारी दिन अनुरोध गरेको छ।

साथै, मुलुकको संवेदनशील परिस्थितिमा पत्रकारिता पेशामाथि नकारात्मक दृष्टिकोण राख्ने व्यक्तिहरूले प्रेस लेखेर हिँड्न नहुने, पत्रकार भन्दै भिडिओ खिचेको पाइएमा तत्काल जानकारी गराउन महासंघले आग्रह गरेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa