Premier Cables
Premier Steel

विराटनगर

विराटनगरका राष्ट्रिय क्रिकेट अम्पायर भास्कर अर्यालको निधन

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, जेठ ०३, २०८३  | अपराह्न २:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाली क्रिकेट क्षेत्रका अनुभवी तथा सम्मानित राष्ट्रिय अम्पायर भास्कर अर्यालको निधन भएको छ।

लामो समयदेखि अस्वस्थ रहेका अर्यालको असामयिक निधनले नेपाली क्रिकेट वृत्त, विशेषगरी कोशी प्रदेश क्रिकेट समुदायलाई स्तब्ध बनाएको छ।

बिज्ञापन

विराटनगर निवासी अर्याल हाल जमुनगाछी क्षेत्रमा बसोबास गर्दै आएका थिए। उनले राष्ट्रिय तथा कोशी प्रदेशस्तरका विभिन्न प्रतियोगितामा अम्पायरको भूमिका निर्वाह गर्दै नेपाली क्रिकेटको विकासमा महत्वपूर्ण योगदान पुर्‍याएका थिए। निष्पक्ष निर्णय, अनुशासित कार्यशैली र खेलप्रतिको समर्पणका कारण उनी क्रिकेट समुदायमा अत्यन्त सम्मानित व्यक्तित्वका रूपमा परिचित थिए।

क्रिकेट कोच महेश रिजालले अर्याल विराटनगरमै बसेर कोशी प्रदेशमा उत्कृष्ट पहिचान बनाएका अम्पायरमध्ये एक रहेको बताएका छन्। उनका अनुसार अर्यालको योगदानले नेपाली क्रिकेटमा खेल भावना, अनुशासन र व्यावसायिकताको विकासमा उल्लेखनीय टेवा पुगेको थियो।

अर्यालको निधनसँगै नेपाली क्रिकेटले एक अनुभवी, इमान्दार र प्रेरणादायी व्यक्तित्व गुमाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa