Premier Cables
Premier Steel

विराटनगर

मोरङका स्पा व्यवसायी पहिलोपटक संगठित, तदर्थ समिति गठन

Hamro Biratnagar News Channel Calendar शुक्रबार, जेठ ०१, २०८३  | बिहान १०:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । मोरङमा स्पा व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायीहरू पहिलोपटक संगठित भएका छन् । उनीहरूले स्पा व्यवसायी संघ मोरङको तदर्थ समिति गठन गरेका हुन् ।

विराटनगरमा बिहीबार आयोजित विस्तारित भेला तथा अन्तरक्रिया कार्यक्रमले फिरोज खानको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । समितिको सहसंयोजकमा रविन ढुंगाना, सचिवमा सुधीरकुमार मण्डल तथा सदस्यहरूमा निस्मा चाम्लिङ राई, जाबेद आलम, मोहम्मद अली र निरु राजवंशी रहेका छन् ।

बिज्ञापन

भेलामा स्पा व्यवसायलाई व्यवस्थित र मर्यादित बनाउन विभिन्न निर्णयसमेत गरिएको छ । प्राकृतिक पद्धतिमा आधारित मसाज थेरापीलाई प्राथमिकता दिने, व्यवसायीलाई संगठित बनाउने, व्यवसाय सञ्चालनका लागि आचारसंहिता निर्माण गर्ने, मासिक लेबी तथा दर्ता शुल्क निर्धारण गर्ने र नियमित अनुगमन गर्ने निर्णय गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि होटल व्यवसायी संघ मोरङका अध्यक्ष Suraj Shrestha ले स्पा व्यवसाय नियम, कानुन र सामाजिक मर्यादाभित्र रहेर सञ्चालन हुनुपर्ने बताए । उनले स्पा क्षेत्रले समाजमा सकारात्मक र अनुशासित व्यवसायको उदाहरण प्रस्तुत गर्नुपर्ने धारणा राखे ।

भेलाले सुरज श्रेष्ठको अध्यक्षतामा ५ सदस्यीय सल्लाहकार समिति पनि गठन गरेको छ । साथै व्यवसायभित्रकै गतिविधि नियमन गर्न ५ सदस्यीय अनुगमन समिति गठन गरिएको जनाइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka