Premier Cables
Premier Steel

राजनीति

रास्वपाको पहिलो महाधिवेशन असार ७ देखि चितवनमा हुने

Hamro Biratnagar News Channel Calendar बुधबार, बैशाख ३०, २०८३  | बिहान १०:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पहिलो महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा आयोजना गर्ने निर्णय गरेको छ ।

आज बिहान बसेको केन्द्रीय समिति बैठकले महाधिवेशनको मिति र स्थान टुंगो लगाएको नेता गणेश पराजुलीले जानकारी दिएका छन् ।

बिज्ञापन

यसअघि पार्टी सभापति रवि लामिछानेले असार ६, ७ र ८ गते महाधिवेशन गर्ने प्रस्ताव राखेका थिए । तर केन्द्रीय समितिले असार ७ देखि ९ गतेसम्म चितवनमा महाधिवेशन गर्ने निर्णय गरेको पराजुलीले सामाजिक सञ्जालमार्फत बताएका छन् ।

पार्टी कार्यालय बनस्थलीमा बसेको बैठकमा महाधिवेशनको तयारीसँगै अन्य समसामयिक एजेण्डामाथि पनि छलफल भएको जनाइएको छ ।

रास्वपाले यसअघि निर्वाचन सम्पन्न भएको ६ महिनाभित्र महाधिवेशन गर्ने सैद्धान्तिक निर्णय गरेको थियो । सोही निर्णयअनुसार पार्टीले भदौभित्र महाधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था रहेको थियो ।

२०७९ सालमा स्थापना भएको रास्वपाले पहिलोपटक महाधिवेशन गर्न लागेको हो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka