Premier Cables
Premier Steel

राष्ट्रिय

घेराबन्दीमा परे काठमाडौका मेयर बालेन : उपमेयर डंगोल र कार्यपालिका सदस्यले कसे मोर्चाबन्दी

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ १२, २०८२  | साँझ ६:३७ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । आन्तरिक विवादका कारण कार्यपालिका बैठकसमेत राख्न नसकेका काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) घेराबन्दीमा परेका छन् ।

उनलाई संघीय सरकारका प्रधानमन्त्रीदेखि मन्त्रीसम्मले आलोचना गर्दै आएकोमा यस पटम भने आफ्नै कार्यपालिकाका सदस्यहरूको घेराबन्दीमा परेका छन् । विवादका कारण निकै लामो समयदेखि कार्यपालिका बैठक समेत बस्न सकेको छैन ।

सोमबार उपमेयर सुनिता डंगोलसहित कार्यपालिकाका ४१ जना सदस्यहरूले चाँडो बैठक राख्न माग गर्दै मेयर बालेन शाहलाई पत्र लेखेका छन् । यसअघि बालेनको साथमा उभिँदै आएकी डंगोलसँग समेत बालेनको ट्युनिङ मिल्न छाडेको छ । उनले सँधै साथ पाउने रास्वपाबाट निर्वाचित वडाध्यक्षको समर्थन समेत पाउन छाडेका छन् ।

महानगरपालिकाको कार्यपालिका बैठक गत पुस महिनायता बस्न सकेको छैन । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १७ को उपदफा १ ‘कार्यपालिकाको बैठक कम्तीमा महिनाको एक पटक बस्नेछ’ भन्ने व्यवस्था छ । अन्य महानगरको कार्यपालिका बैठक भने नियमित बसिरहेको छ । नीति तथा कार्यक्रम र आगामी आर्थिक वर्षको बजेट समेत बनाउनु पर्ने चटारोमा रहेको काठमाडौ महानगरपालिकामा पछिल्लो पटक स्पष्टीकरण सोध्ने प्रतिस्पर्धा नै चलेको थियो ।

‘कम्तिमा एक महिनामा बस्नुपर्ने कार्यपालिका बैठक करिब ६ महिनादेखि बस्न नसकेपछि महानगरपालिका भित्र गर्नुपर्ने विकास निर्माण, नीतिगत निर्णय लगायत पनि अन्योलमा पर्दै आएका छन्,’ कार्यपालिका सदस्य नवीन मानन्धरले भने, ‘स्थानीय तहले असार १५ सम्ममा बजेट ल्याउनुपर्ने कानुनी बाध्यता छ । तर, लामो समयदेखि कार्यपालिका बैठक बस्न नसक्दा आर्थिक वर्ष २०८२–८३ का लागि बजेट निर्माणको प्राथमिकताका विषयमा महानगरले कार्यपालिकामा छलफल गर्न पाएको छैन ।’

तर, महानगरका प्रमुखले बैठक नबोलाउँदा आगामी आर्थिक वर्षको बजेट आउने–नआउने समेत अन्योल देखिएको भन्दै मेयरलाई घचघच्याउने काम गरेको उनीहरूले बताएका छन् ।

जनता र जनप्रतिनिधिले खोज्दा पनि मेयर नभेटिएको गुनासो गर्दे उनीहरूले सामाजिक सञ्जालको स्टाटस हेरेपछि मात्रै मेयरबारे जानकारी हुने गरेको बताएका छन् ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka