Premier Cables
Premier Steel

राष्ट्रिय

बालेनले थर सच्याएर नागरिकता किर्ते गरेको आरोप, के हो विवाद ?

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, फाल्गुण ०५, २०८२  | राती ९:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । बालेन्द्र शाह (बालेन) ले नागरिकताको प्रमाणपत्रको प्रतिलिपि लिदा कानुन विपरित थर परिवर्तन गरेको पाइएको छ ।

उनले आफ्नो नागरिकता किर्ते गरेको भन्दै जिल्ला प्रहरी परिसर, भद्रकालीमा जाहेरीसमेत दर्ता भएको छ । जाहेरीकर्ताले बालेनले आफ्नो वास्तविक थर र पहिचान लुकाउन नागरिकताको विवरणमा अनधिकृत फेरबदल गरेको दाबी गर्दै उक्त जाहेरी दिएका हुन् ।

बिज्ञापन

उक्त जाहेरीमा बालेनले आफ्नो पुख्र्यौली मधेशी पहिचान लुकाएर उच्च जातीय लाभ लिने उद्देश्यले ‘साह’ थरको सट्टा ‘शाह’ कायम गरी सरकारी कागजात किर्ते गरेको आरोप लगाएका छन् ।

दस्तावेजहरूका अनुसार, बालेनले सुरुमा जिल्ला प्रशासन कार्यालय, महोत्तरीबाट २०६३ साल पुस ६ गते नागरिकता प्रमाणपत्र नम्बर ६१९२ को नागरिकता लिएका थिए ।

बालेनले आफ्नो र आफ्ना बुबाको नाममा रहेको ‘साह’ थरलाई अनधिकृत रूपमा परिवर्तन गरी ‘शाह’ कायम गराएका हुन्

तर, काठमाडौँ महानगरपालिकाको मेयर पदमा बहाल भएपछि उनले २०७९ साल असार १९ गते जिल्ला प्रशासन कार्यालय, काठमाडौँबाट नागरिकताको पहिलो प्रतिलिपि लिएका थिए ।

सोही प्रतिलिपि लिने क्रममा बालेनले आफ्नो र आफ्ना बुबाको नाममा रहेको ‘साह’ थरलाई अनधिकृत रूपमा परिवर्तन गरी ‘शाह’ कायम गराएका हुन् ।

मधेशी समुदायमा ‘साह’ थर तेली वा सुडी समुदायसँग सम्बन्धित हुने र ‘शाह’ थर नेपालको राजपरिवार वा गोर्खाली राजाको वंश (ठकुरी) सँग सम्बन्धित हुने भएकाले यो परिवर्तन नियतवश गरिएको जाहेरीकर्ताको तर्क छ ।

जाहेरीमा उल्लेख भए अनुसार, नेपाल नागरिकता (दोस्रो संशोधन) ऐन, २०६३ को दफा १२ मा नागरिकतामा रहेका सानातिना त्रुटिहरू मात्र सच्याउन सकिने व्यवस्था छ, तर थर नै परिवर्तन गरेर समुदायको पहिचान बदल्ने अधिकार छैन ।

बालेन र उनको परिवारले नागरिकता ऐनको दफा १२ र १७ को उल्लंघन गरेको देखिन्छ । साथै मुलुकी अपराध संहिता, २०७४ बमोजिम सरकारी कागजात किर्ते गरेको दाबी गरिएको पनि जाहेरीमा उल्लेख छ ।

जाहेरीकर्ताले यस विषयमा गम्भीर छानबिन गरी बालेन शाहलाई कानून बमोजिम हदैसम्मको कारबाही गर्न र यदि गलत विवरण पेश गरेको प्रमाणित भएमा उनको नागरिकता रद्द गर्न समेत माग गरेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka