बाबुराम भट्टराईसँग भेटेर बालेनले भने-अब राजनीतिमा आएँ सहयोग गर्नुपर्यो
नोट: यो समाचार १ महिना अघिको हो
बिहिबार, पुष १०, २०८२ |
साँझ ६:४० बजे
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई बोलाएर आफू राजनीतिमा आएको बताएका छन् ।
बिहीबार कुपन्डोलस्थित सल्लाहकार कुमार व्यञ्जनकारको घरमा बालेनले भट्टराईसँग भेटवार्ता गरेका थिए ।
भट्टराईले आफूलाई बालेनले फोन गरेर भेटवार्ताका लागि बोलाएको जानकारी दिए । “नयाँ र वैकल्पिक शक्ति मिलेर जानुपर्छ भन्ने पक्षको मान्छे हो । यही विषयमा बालेनजीले फोन गरेपछि म भेट्न आएँ,” भेटवार्ता सकेर निस्कँदै गर्दा भट्टराईले भने ।
बालेनले भट्टराईलाई बोलाएर आफू राजनीतिमा होमिएको भन्दै सहयोग मागेका छन् । जेनजी स्रोतका अनुसार बालेनले आफू राजनीतिमा आएको भन्दै भट्टराईलाई अभिभावक बनेर सहयोग गरिदिन आग्रह गरेका थिए ।