नोट: यो समाचार २ महिना अघिको हो
काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ ।
आजको बैठकमा सरकारको आर्थिक वर्ष २०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल सुरु हुने कार्यसूची रहेको छ ।
कार्यसूचीअनुसार प्रधानमन्त्री वालेन्द्र शाहले सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।
बैठकमा सांसदहरूले नीति तथा कार्यक्रममाथि दर्ता गराएका संशोधन प्रस्तावहरू प्रस्तुत गर्नेछन् भने त्यसमाथि छलफल पनि हुनेछ ।
त्यस्तै, नीति तथा कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ पनि आजै दिने कार्यसूची तय गरिएको संसद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूले उठाएका जिज्ञासा र प्रश्नहरूको उत्तर दिने कार्यक्रम रहेको छ ।
