Premier Cables
Premier Steel

शिक्षा

चार दिनभित्र एसईई नतिजा सार्वजनिक हुने तयारी, बोर्डले सार्वजनिक गर्‍यो नतिजा हेर्ने माध्यम

Hamro Biratnagar News Channel Calendar आइतबार, बैशाख २७, २०८३  | बिहान ११:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले शैक्षिक सत्र २०८२ अन्तर्गत सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी पूरा गरेको जनाएको छ।

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीले नतिजा प्रकाशनको तयारीसँगै विद्यार्थीहरूले नतिजा हेर्न सक्ने विभिन्न माध्यमहरूको सूची पनि सार्वजनिक गरेको छ।

बिज्ञापन

बोर्डका सदस्यसचिव जङ्गबहादुर अर्यालका अनुसार कुनै प्राविधिक समस्या नआएमा एसईईको नतिजा बैशाख महिनाभित्रै सार्वजनिक गरिनेछ। उनले अबको चार दिनभित्र नतिजा सार्वजनिक गर्ने लक्ष्य राखिएको जानकारी दिए।

‘सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ। कुनै प्राविधिक अवरोध नआएमा चार दिनभित्रै नतिजा सार्वजनिक हुन्छ,’ सदस्यसचिव अर्यालले बताएका छन्।

परीक्षा नियन्त्रण कार्यालयले आइतबार जारी गरेको सूचनामा नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा एसएमएस, आईभीआर तथा विभिन्न वेबसाइटमार्फत हेर्न सकिने व्यवस्था मिलाइएको उल्लेख गरिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka