Premier Cables
Premier Steel

विराटनगर

कोशी प्रदेश सरकार महिला उद्यमीको आर्थिक विकासमा प्रतिवद्ध

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख २१, २०८३  | साँझ ७:५७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिला उद्यमीको आर्थिक सशक्तिकरणका लागि प्रदेश सरकार पूर्ण रूपमा प्रतिबद्ध रहेको बताउनुभएको छ।

नेपाल उद्योग परिसंघद्वारा विराटनगरमा आयोजित महिला नेतृत्व शिखर सम्मेलन को उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले प्रदेश सरकारले महिला उद्यमीलाई दुईदेखि छ वर्षसम्म ब्याज अनुदानमा १२ बैंकमार्फत कर्जा उपलब्ध गराउने योजना बनाएको जानकारी दिनुभयो। उहाँले उद्यमीलाई बैंकमार्फत ऋण लिन सहयोग र सहजीकरणको व्यवस्था पनि गरिने उल्लेख गर्नुभयो।

बिज्ञापन

मुख्यमन्त्री कार्कीले प्रदेशका दर्ता भएका घरेलु कपडा उद्यमीको प्रवद्र्धनका लागि चार हजार सरकारी कर्मचारीलाई पोशाक भत्ता दिएर स्थानीय उत्पादन प्रयोग प्रेरित गरिने बताउनुभयो। यसै आर्थिक वर्षदेखि हप्तामा एक दिन कोशी प्रदेशको उत्पादन कपडा प्रयोग गर्ने कार्यक्रम पनि लागु गरिने जानकारी दिइयो।

उहाँले व्यापारिक प्रदर्शनीका लागि जग्गा उपलब्ध गराएमा प्रदेश सरकारले भवन निर्माणमा आवश्यक बजेट छुट्याउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो।

गत वर्षको लगानी सम्मेलनमा संकलित परियोजनाका आधारमा हाल एक दर्जन परियोजना कार्यान्वयनमा आएका छन् भने जेठ महिनाभित्र थप चार परियोजना सुरु हुने मुख्यमन्त्रीले जानकारी दिनुभयो। साथै, किसानका कृषि उत्पादनलाई बजारसँग जोड्ने पहलमा पनि प्रदेश सरकार सक्रिय रहेको बताउनुभयो।

परिसंघका केन्द्रीय अध्यक्ष वीरेन्द्रराज पाण्डे, महिला उद्यमी एवं सांसद विदुषि राणा, पवन गोल्याण लगायतले आगामी दिनमा एक हजार महिलालाई रोजगारी उपलब्ध गराउने योजना रहेको जानकारी दिनुभयो।

सम्मेलनमा तीन सय महिला उद्यमीको सहभागिता रहेको थियो। “मेक इन नेपाल” अन्तर्गत १४ स्टलमा महिला उद्यमीद्वारा उत्पादित सामाग्रीको प्रदर्शनी गरिएको थियो। सम्मेलनको मुख्य उद्देश्य महिलालाई कृषि, सीप, सिर्जनशीलता र डिजिटल नव प्रवद्र्धन मार्फत दिगो समृद्धि ल्याउनु रहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka