Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

अमेरिकाले इरानविरुद्ध हाइपरसोनिक मिसाइल हान्ने खतरा

Hamro Biratnagar News Channel Calendar शुक्रबार, बैशाख १८, २०८३  | अपराह्न १२:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । अमेरिकाले इरानमाथि पहिलोपटक हाइपरसोनिक मिसाइल प्रयोग गर्ने सम्भावना देखिएको छ । अमेरिकी सेन्ट्रल कमान्डका प्रमुख एडमिरल ब्राड कुपरले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध सम्भावित नयाँ सैन्य कारबाहीका विकल्पबारे जानकारी गराएका छन् ।

फक्स न्युजका अनुसार ह्वाइट हाउसको ‘सिचुएसन रुम’मा भएको बैठकमा कुपरले ट्रम्पसमक्ष ‘छोटो तर शक्तिशाली हमला’सम्बन्धी योजना प्रस्तुत गरेका थिए । उक्त योजनामा इरानको बाँकी सैन्य क्षमता, प्रमुख नेताहरू र महत्त्वपूर्ण पूर्वाधारलाई निशाना बनाउने विकल्प समावेश गरिएको बताइएको छ ।

बिज्ञापन

रिपोर्टअनुसार अमेरिकी रक्षा मन्त्रालयले केही अत्याधुनिक हतियार प्रयोग गर्ने विषयमा पनि विचार गरिरहेको छ । तीमध्ये ‘डार्क इगल’ नामक हाइपरसोनिक मिसाइल प्रमुख रहेको जनाइएको छ । यो मिसाइलले करिब तीन हजार २०० किलोमिटरसम्म दूरीमा रहेका लक्ष्यमा प्रहार गर्न सक्ने र इरानका बाँकी ब्यालिस्टिक मिसाइल लन्चर नष्ट गर्न सक्षम रहेको उल्लेख गरिएको छ ।

यससँगै अमेरिकी सेनाले मध्यपूर्व क्षेत्रमा बी–१ बी लान्सर बमवर्षक विमानहरूको संख्या पनि बढाइरहेको छ । यी विमानहरू ठूलो मात्रामा हतियार बोक्न तथा हाइपरसोनिक हतियार प्रयोग गर्न सक्षम मानिन्छन् ।

उता ट्रम्पले इरान युद्ध जारी राख्न संसद्बाट स्वीकृति लिने प्रस्ताव भने रोकेका छन् । युद्ध सुरु भएको ६० दिन पूरा भएपछि मे १ मा संसद्मा प्रस्ताव पेस गर्ने तयारी गरिएको थियो ।

अमेरिकी रक्षामन्त्री पिट हेगसेथले बिहीबार संसद्मा बोल्दै राष्ट्रपतिलाई ६० दिनभन्दा बढी समय युद्ध जारी राख्न संसद्को अनुमति आवश्यक नपर्ने दाबी गरे । उनका अनुसार इरानसँग भएको युद्धविरामले ६० दिनको समयसीमालाई रोकिदिएको छ ।

अमेरिका–इरान युद्ध अप्रिल ७ मा रोकिएको थियो । त्यसअनुसार युद्ध करिब ४० दिन चलेको मानिएको छ । हेगसेथले हाल अमेरिकाका लागि सबैभन्दा ठूलो खतरा इरान नभई ‘युद्धविरोधी राजनीति’ भएको टिप्पणी गरे । उनले यसमा केही डेमोक्रेट र केही रिपब्लिकन नेताहरू संलग्न रहेको बताए ।

अमेरिकामा भियतनाम युद्धपछि सन् १९७३ मा ‘वार पावर्स रिजोलुसन’ नामक कानुन बनाइएको थियो । यसअनुसार राष्ट्रपतिले संसद्को अनुमतिबिना अधिकतम ६० दिनसम्म मात्र सेना प्रयोग गर्न पाउँछन् । त्यसपछि या त सेना फिर्ता बोलाउनुपर्छ, या संसद्बाट अनुमति लिनुपर्छ, वा थप ३० दिनको समय माग्नुपर्छ ।

ट्रम्प प्रशासनले मार्च १ मा संसद्लाई इरानमाथिको सैन्य कारबाहीबारे औपचारिक जानकारी दिएको थियो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka