Premier Cables
Premier Steel

राष्ट्रिय

गृहमन्त्रीले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ : माओवादी केन्द्र

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar सोमबार, जेठ १२, २०८२  | अपराह्न १२:२५ बजे

काठमाडौं । नेकपा माओवादी केन्द्रले भिजिट भिसा प्रकरणको अनुसन्धानलाई सहज गर्न गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग अघि सारेको छ ।

सोमबार बिहान बसेको माओवादी पदाधिकारी बैठकले गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले बताएका छन् ।

बिज्ञापन

बैठकपछि प्रवक्ता अग्नि सापकोटाले भने,‘गृहमन्त्रीले राजीनामा दिनुपर्छ भन्ने हाम्रो पार्टीको ठहर छ । आज बसेको बैठकले पनि त्यही निष्कर्ष निकालेको छ । उहाँले राजीनामा दिएर छानबिनमा सहयोग गर्नुपर्छ ।’
स्वतन्त्र र निष्पक्ष छानबिनका लागि पनि मन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माओवादी केन्द्रले जनाएको छ ।

 

प्रवक्ता सापकोटाले भने, ‘जुन छानबिन नै सुरु गरिसकेको छ नि राज्यका निकायले यस्तो स्थितिमा राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्छ । ताकि पहुँच, प्रभाव र पावर प्रयोग हुन नपाओस् ।’

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka