Premier Cables
Premier Steel

राष्ट्रिय

भिजिट भिसा प्रकरणमा अख्तियारद्वारा सह-सचिव भट्टराईको बयान शुरु

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २०, २०८२  | बिहान ९:५९ बजे
Hamro Biratnagar Headlines

भिजिट भिसा प्रकरणमा अख्तियारद्वारा सह-सचिव भट्टराईको बयान शुरु
काठमाडौं । भिजिट भिसा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान शुरु गरेको छ ।‌
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजीट भिसा प्रकरणमा मुछिएका सह-सचिव तीर्थराज भट्टराईको बयान शुरु गरेको हो ।

१८ जेठमा उपस्थित हुने शर्तमा उनलाई नियन्त्रणमुक्त गरेको अख्तियारले गत आइतबारदेखि बयान थालेको बताइन्छ ।‌

बिज्ञापन

‘दुई दिनदेखि उहाँलाई आयोगमा उपस्थित गराएर अनौपचारिक सोधपुछ गरी त्यसपछि बयान समेत थालिएको छ’, अख्तियार स्रोतले भन्यो, ‘यसबीचमा उहाँबारे केही प्रमाणसमेत संकलन भएकाले त्यसबारे समेत सोधपुछ सुरु भएको छ ।’

अख्तियार स्रोतका अनुसार, अध्यागमन कार्यालयबाट केही कर्मचारीहरुले मानव तस्करीको काम समेत गरेको खुलेको छ । यो प्रकरणमा गृहमन्त्रीको राजीनामा माग्दै संसद अबरुद्ध पार्ने विपक्षी दलले तयारी गरेका छन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka