Premier Cables
Premier Steel

राष्ट्रिय

भिजिट भिसा प्रकरण : सहसचिव तीर्थराज भट्टराईले दिन मानेनन् माेबाइल पासवर्रड

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०१, २०८२  | अपराह्न २:४० बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । भिजिट भिसा प्रकरणमा गृह मन्त्रालयका सहसचिव तीर्थराज भट्टराईमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ ।

त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयको प्रमुख हुँदा बिचौलियाहरूसँग मिलेर उनले भिजिट भिसामा ‘सेटिङ’ गरेर नेपालीलाई विदेश पठाएको आरोप छ । कागजात नपुगेकाहरूलाई विदेश उड्ने अनुमति दिएर भट्टराई समेतको गिरोहले लाखौँ असुलेको अख्तियारले प्रारम्भिक अनुसन्धानबाट निष्कर्ष निकालेको छ ।

बिज्ञापन

जेठ ७ मा अख्तियारमा उपस्थित गराइएका भट्टराईलाई अनुसन्धान अधिकृतहरूले सुरुमा दुई दिनसम्म लगातार आयोगमा बोलाएर सोधपुछ गरेका थिए । तर, मोबाइलको डिएफएल रिपोर्ट नआएको हुनाले उनलाई ‘तारेख’मा राखेर अनुसन्धान अधिकृतहरूले बयानमा बोलाउने गरेका छन् । अनुसन्धान अधिकृतहरूले उनको दुई वटा मोबाइल बरामद गरेका छन् ।

तर, भट्टराईले मोबाइल खोल्नका लागि पासवर्ड भन्न भट्टराईले ‘आनाकानी’ गरेको अख्तियारका अधिकृतहरू बताउँछन् । आफूले चलाउँदै आएको दुईमध्ये एउटा मोबाइलको पासवर्ड भन्न उनले आनाकानी गरेका हुन् । अख्तियार स्रोतका अनुसार भट्टराईले भनेको पासवर्डबाट मोबाइल खुलेको छैन । त्यसपछि पटक–पटक सोधपुछ गर्दा उनले भन्ने गरेका छन्, ‘पहिला त्यही थियो, किन खुलेन मलाई त्यसबारे थाहा भएन ।’

आयोगले सहसचिव भट्टराईसहित ‘द होलिडेज’ ट्राभलका सञ्चालक बालकृष्ण पौडेल र अर्का एक जना खगेन्द्र सुवेदीको इलेक्ट्रिक डिभाइस समेत आयोगले बरामद गरेको छ । खगेन्द्र सुवेदी र तीर्थराज भट्टराई पछिल्लो समय निकट भनेर चिनिन्छन् । बालकृष्ण पौडेल एसकेआर मेनपावरसँग पनि आबद्ध छन् ।

अनुसन्धानको दायरामा अर्की एक जना महिला पनि छिन् । ती महिलासँग आयोगले बयान लिइसकेको छ । ती महिलासँग भट्टराईको आर्थिक ‘लेनदेन’ रहेको भेटिएको छ । आफू भिजिट भिसाको काममा संलग्न नभएको जिकिर गर्दै ती महिलाले आयोगमा भनेकी छन्, ‘मैले १५–२० हजार भट्टराईलाई तिनुपर्ने छ, त्यस बाहेक अरू सेटिङको बारेमा मलाई जानकारी छैन ।’

अरोपीहरुसँगबाट बरामद गरिएको डिजिटल डिभाइस आयोगले परीक्षण गरिरहेको छ । अख्तियारका एक जना उच्च अधिकारी भन्छन्, ‘केही डिभाइसको जाँच रिपोर्ट आएको र केहीको आउने क्रममा छ ।’

पर्यटक भिसा लगाएर विदेशिनेहरुसँग असुल्न त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयका कर्मचारी र बिचौलियाले ‘कोडवर्ड’ प्रयोग गर्दै आएका थिए । उनीहरूले यूएई र कुवेततर्फ जाने महिलाहरूबाट धेरै रकम असुल्ने गरेको तथ्यबारे अख्तियारका उच्च अधिकारीहरू जानकार थिए । भट्टराईले बिचौलियाहरूसँग मिलेर विमानस्थलमा सेटिङ चलाउने गरेको आरोप छ ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka