Premier Cables
Premier Steel

राजनीति

गृहमन्त्रीकाे राजीनामा माग्दै सिंहदरबारभित्र प्रदर्शन, चार जना नेविसङ्घ नेता पक्राउ

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख ०८, २०८३  | साँझ ४:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सिंहदरबारभित्रै पुगेर सरकारविरुद्ध प्रदर्शन गरेको छ।

आज अपराह्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रिपरिषद् बैठक चलिरहेकै समयमा नेविसंघका कार्यकर्ताहरूले सिंहदरबार परिसरमै विरोध प्रदर्शन गरेका हुन्।

बिज्ञापन

गृहमन्त्रीको राजीनामा र बढ्दो मूल्यवृद्धि नियन्त्रणको माग गर्दै प्रदर्शन गरिएको नेविसंघका केन्द्रीय सदस्य भुवन भट्टले जानकारी दिए। उनका अनुसार प्रदर्शन प्रधानमन्त्री कार्यालयअगाडि केन्द्रित थियो।

प्रदर्शनमा भुवन भट्ट, कुम्भराज देउवा, मञ्जन देवकोटा, प्रज्ञा योगी, सुनिल ऐडिलगायतका नेताहरू सहभागी थिए। उनीहरूले नाराबाजी गर्दै गृहमन्त्रीको राजीनामा र मूल्यवृद्धिको विरोध जनाएका थिए।

नेविसंघ नेता भट्टले जनताले विश्वास गरेको सरकारले जनताप्रति उत्तरदायी हुनुपर्ने उल्लेख गर्दै गम्भीर नैतिक प्रश्न उठेमा मन्त्रीले छानबिनका लागि मार्ग प्रशस्त गर्नुपर्ने बताए।
प्रदर्शनमा सहभागी कार्यकर्ताहरूलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka