Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

समग्र युरोपेली मुलुकमा किन घट्दै छ जनसङ्ख्या?

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, बैशाख ०८, २०८३  | बिहान ११:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । युरोपको तथ्यांक निकाय युरोस्टेटले सार्वजनिक गरेको नयाँ प्रक्षेपणअनुसार आगामी दशकहरूमा युरोपले ठूलो जनसंख्या गिरावटको सामना गर्न सक्छ।

अनुमानअनुसार सन् २१०० सम्ममा युरोपेली युनियनको जनसंख्या करिब ११.७ प्रतिशतले घटेर झन्डै ५.३ करोडले कमी आउन सक्छ। तर यो गिरावट तत्काल सुरु नहुने बताइएको छ। सन् २०२९ सम्ममा जनसंख्या बढेर करिब ४५.३ करोड पुग्नेछ, त्यसपछि भने क्रमशः घट्दै शताब्दीको अन्त्यसम्ममा ४० करोडभन्दा तल झर्ने सम्भावना छ।

बिज्ञापन

यस परिवर्तनसँगै युवा तथा काम गर्ने उमेर समूहको संख्या घट्नेछ भने ८० वर्षभन्दा माथिका वृद्धहरूको हिस्सा दोब्बरभन्दा बढी हुने अनुमान गरिएको छ।

घट्दो जन्मदर प्रमुख कारण
युरोपमा जनसंख्या घट्नुको मुख्य कारण घट्दो जन्मदर रहेको छ। हाल प्रतिमहिला औसत जन्मदर करिब १.३ मा झरेको छ, जुन जनसंख्या स्थिर राख्न आवश्यक स्तरभन्दा निकै कम हो।

फ्रान्समा सन् २०२५ मा पहिलोपटक दोस्रो विश्वयुद्धपछि जन्मभन्दा मृत्यु बढी भएको देखिएको छ। यस विषयमा राष्ट्रपति एमानयुएल म्याक्रोनले “जनसांख्यिकीय पुनर्सशक्तीकरण” आवश्यक रहेको बताएका छन्। उनले ढिलो सन्तान जन्माउने प्रवृत्ति र बढ्दो बाँझोपनलाई मुख्य चुनौतीका रूपमा औंल्याएका छन्।

सरकारले युवालाई चाँडै सन्तान जन्माउन प्रोत्साहन दिने, प्रजनन सेवाहरू विस्तार गर्ने र परिवारलाई आर्थिक तथा सामाजिक सहयोग बढाउने योजना अघि सारेको छ।

अर्थतन्त्रमा असर र आप्रवासन
जनसंख्या संरचनामा आउने परिवर्तनले युरोपको अर्थतन्त्रमा पनि प्रभाव पार्नेछ। काम गर्ने जनसंख्या घट्दा पेन्सन र स्वास्थ्य सेवा प्रणालीमा थप दबाब पर्ने देखिन्छ।

पछिल्ला वर्षहरूमा आप्रवासनले केही हदसम्म जनसंख्या सन्तुलनमा सहयोग गरेको भए पनि यो पूर्ण समाधान होइन। त्यसैबीच, केही देशहरूले आप्रवासन नीति कडा बनाउँदै लगेका छन्। उदाहरणका लागि, जर्मनीमा चान्सलर फेड्रिक मर्जले आगामी तीन वर्षभित्र त्यहाँ रहेका करिब ८० प्रतिशत सिरियाली नागरिकलाई स्वदेश फर्काउने प्रस्ताव अघि सारेका छन्।

समग्रमा, युरोप आगामी दशकहरूमा जनसांख्यिकीय रूपान्तरणको चुनौतीसँग जुध्नुपर्ने देखिन्छ, जसले सामाजिक र आर्थिक दुवै क्षेत्रमा दीर्घकालीन प्रभाव पार्नेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa