Premier Cables
Premier Steel

राजनीति

रास्वपामा गृहमन्त्री गुरुङमाथि कारबाहीबारे छलफल तीव्र

Hamro Biratnagar News Channel Calendar सोमबार, बैशाख ०७, २०८३  | बिहान ११:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र गृहमन्त्री तथा निर्वाचित सांसद सुधन गुरुङ विरुद्ध कारबाही गर्ने विषयमा आन्तरिक छलफल सुरु भएको छ।

स्रोतका अनुसार गुरुङमाथि लागेका आरोपहरूको छानबिन गर्ने विषयमा पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटी र अनुशासन आयोगका कार्यवाहक प्रमुख रमाकान्त रिमाल बीच सोमबार बिहान छलफल भएको थियो। विषय गम्भीर भएकाले आज दिउँसो ३ बजे बस्ने केन्द्रीय समिति बैठकमा यसबारे विस्तृत छलफल गरी आवश्यक निर्णय लिने तयारी गरिएको छ।

बिज्ञापन

गृहमन्त्री बनेको एक महिना नबित्दै गुरुङ विवादमा तानिएका हुन्। उनी सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानमा रहेका व्यापारी दीपक भट्ट तथा शंकर ग्रुपसँग व्यावसायिक साझेदारीमा रहेको तथ्य सार्वजनिक भएपछि आलोचना चुलिएको हो। प्रहरी हिरासतमा रहेका भट्टसँग उनको सम्बन्ध देखिएको समाचार बाहिरिएपछि चौतर्फी प्रश्न उठिरहेका छन्।

स्रोतका अनुसार यस विषयमा कसरी छानबिन गर्ने र कारबाही प्रक्रिया अघि बढाउने भन्नेबारे पार्टी नेतृत्वबीच प्रारम्भिक छलफल भइसकेको छ। दिउँसो बस्ने उच्चस्तरीय बैठकबाट निर्णय आएपछि मात्र औपचारिक छानबिन प्रक्रिया अघि बढ्नेछ। अनुशासन आयोगले पनि आवश्यक प्रक्रिया अगाडि बढाउने बताइएको छ।

महामन्त्री बुर्लाकोटीले भने गुरुङको लगानी गैरकानुनी हो वा होइन भन्ने विषयमा सम्बन्धित व्यक्तिसँग सोधपुछ गरेर निष्कर्षमा पुगिने बताए। साथै उनले सरकारी निकायले पनि अनुसन्धान गर्ने विश्वास व्यक्त गर्दै दोषी प्रमाणित भएमा जोसुकै भए पनि कारबाही हुने स्पष्ट पारे।

यसअघि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपक साह लाई पदको दुरुपयोग गरी आफ्नी श्रीमतीलाई स्वास्थ्य बीमा बोर्डमा संलग्न गराएको आरोपमा अनुशासन समितिले कारबाही सिफारिस गरेको थियो। सोही आधारमा प्रधानमन्त्री बालेन शाह ले उनलाई पदमुक्त गरेका थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka