Premier Cables
Premier Steel

राष्ट्रिय

युवा नेता सुदन गुरुङ आउँदो आमनिर्वाचनमा उठ्ने

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज १२, २०८२  | बिहान ११:५९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । ‘जेनजी’ आन्दोलनबाट उदाएका युवा नेता सुदन गुरुङले आउँदो फागुनमा हुने आमनिर्वाचनमा भाग लिन इच्छुवा भएको घोषणा गरेका छन्।

अलजजीरासँगको विशेष अन्तर्वार्तामा गुरुङले आफ्नो समूहले परम्परागत राजनीतिक दलको विकल्पमा परिवर्तनका लागि आन्दोलन गर्दै देशभर समर्थक परिचालन गरिरहेको र जनताको सरकारले विजयी नहुन्जेल लड्ने प्रतिबद्धता व्यक्त गरेको बताएका छन्।

बिज्ञापन

गुरुङले बताएअनुसार उनका आन्दोलनका स्वयंसेवकले कानूनी र सञ्चारसम्बन्धी समिति गठन गरेका छन् र डिस्कोर्ड, इन्स्टाग्राम जस्ता प्लेटफर्ममार्फत देशभरबाट नीति सम्बन्धी माग संकलन भइरहेको छ। उनको टोलीले सबै नेपालीको आवाज सुनिने सुनिश्चित गर्ने काम गरिरहेको जानकारी पनि उनले दिए।
स्वतंत्र उम्मेदवारको रूपमा आफू मात्र उठे जनयुवा शक्तिको प्रभाव कमजोर हुने भएकाले समूहका रूपमा चुनावमा जाने योजना बनाएको बताए। “हामी एक्लै होइन, सँगै भएमात्रै बलियो हुनेछौँ,” उनले भने।

आन्दोलनको एजेण्डामा नेपालका लागि पर्यटन प्रवर्द्धन र छिमेकी भारत तथा चीनसँग ‘बाह्य हस्तक्षेप’बिना सम्बन्ध मजबुत बनाउने योजना रहेका छन्। गुरुङले पुराना राजनीतिक नेतृत्वले आगामी निर्वाचनमा भाग नलिनु पर्ने बताउँदै अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीसम्बन्धी भ्रष्टाचार र प्रदर्शनकारीको हत्यासँग सम्बन्धित अनुसन्धान तीव्र र समयमै हुनुपर्ने माग उठाए। “हामी सुनिश्चित गर्ने छौँ कि अनुसन्धान समयमै र उचितरूपमा सम्पन्न होस्, जसले गर्दा उनीहरू निर्वाचनमा सहभागी नहुन्,” उनले भने।

प्रधानमन्त्री बन्न चाहनुहुन्छ? भन्ने प्रश्नमा गुरुङले आफैँलाई अहिलेलाई ‘सही व्यक्ति’ नभनेका भए पनि जनताले रोजेमा उभिने संकेत दिए। उनले आफूलाई दबाउन र डराउन थुप्रैले प्रयास गरिरहेको बताए तापनि धम्कीका बाबजुद पनि नडरिने र आफ्ना विचारका लागि लडिरहने प्रतिवद्धता व्यक्त गरे: “म डराएको छैन -मलाई मार्दा केही हुनेवाला छैन। मैले मेरो राष्ट्रलाई बचाउनुपर्छ, किनभने यो अहिले नै वा कहिल्यै होइन।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka