Premier Cables
Premier Steel

समाचार

आशा भोस्लेको निधन, यस्तो थियो सांगीतिक यात्रा

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र २९, २०८२  | साँझ ५:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतीय संगीतकी महान् गायिका आशा भोसले को ९२ वर्षको उमेरमा आइतबार दिउँसो मुम्बईस्थित ब्रीच क्यान्डी अस्पताल मा निधन भएको छ । उनको निधनको पुष्टि उनका छोरा आनन्द भोसले ले गरेका हुन् ।

“आशा भोसले अब हामीसँग रहिनन् । उनको अन्तिम संस्कार भोलि अपराह्न ४ बजे शिवाजी पार्क मा गरिनेछ,” आनन्द भोसलेले बताएका छन् ।

बिज्ञापन

अस्पतालका चिकित्सक डा. प्रतित समदानी का अनुसार, भोसले लामो समयदेखि विभिन्न स्वास्थ्य समस्याबाट पीडित थिइन् र ‘मल्टी–अर्गन फेलियर’का कारण उनको मृत्यु भएको हो ।

आशा भोसलेले आफ्नो दीर्घ संगीत यात्रामा १४ भन्दा बढी भाषामा १२ हजारभन्दा बढी गीत गाएकी थिइन् । उनका चर्चित गीतहरूमा ‘दम मारो दम’, ‘पिया तू अब तो आजा’ र ‘चुरा लिया है तुमने’ आज पनि उत्तिकै लोकप्रिय छन् ।

उनी शास्त्रीय गायक दीनानाथ मंगेशकर की छोरी तथा प्रसिद्ध गायिका लता मंगेशकर की बहिनी हुन् । नौ वर्षको उमेरमा पिताको निधन भएपछि उनले दिदी लतासँगै परिवार धान्नका लागि गायन यात्रा सुरु गरेकी थिइन् ।

प्रारम्भिक संघर्ष
उनको सुरुआती जीवनमा पनि रोचक संघर्षहरू थिए । करियरको सुरुआतमा एकपटक साउन्ड रेकर्डिस्टले उनी र किशोर कुमार लाई उनीहरूको आवाज माइकमा स्पष्ट नआएको भन्दै स्टुडियोबाट बाहिर पठाएको प्रसंग चर्चित छ ।

आउँदो सेप्टेम्बर ८ मा ९३ वर्ष पुग्ने तयारीमा रहेकी भोसलेको निधनले विश्वभरका संगीतप्रेमीमा गहिरो शोक छाएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka