Premier Cables
Premier Steel

राष्ट्रिय

नवनिर्वाचित सांसदको शपथ आज, ४७ जनाले मातृभाषामा लिने

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र १२, २०८२  | बिहान ११:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज अपराह्न २ बजे सिंहदरबारस्थित नवनिर्मित बहुउद्देश्यीय हलमा हुने भएको छ।

सङ्घीय संसद् सचिवालयका अनुसार ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले सांसदहरूलाई शपथ गराउने कार्यक्रम तय गरिएको छ। समारोहका लागि सम्पूर्ण तयारी पूरा भइसकेको सचिवालयले जनाएको छ।

बिज्ञापन

यस अवसरमा ४७ जना सांसदले नेपालीबाहेक आफ्ना मातृभाषामा शपथ लिने तयारी गरेका छन्। सांसदहरूलाई सांस्कृतिक पहिचान झल्किने पोसाकमा निर्धारित समयभन्दा दुई घण्टा अगावै उपस्थित हुन आग्रह गरिएको छ।

यसपटकको प्रतिनिधिसभामा रास्वपाले १८२ सिट जितेको छ भने नेपाली कांग्रेसले ३८, नेकपा (एमाले) ले २५, नेपाल कम्युनिस्ट पार्टीले १७, श्रम संस्कृति पार्टीले ७ र राष्ट्रिय प्रजातन्त्र पार्टीले ५ सिट हासिल गरेका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka