Premier Cables
Premier Steel

राष्ट्रिय

भदौ २४ मा जलेका नोटको छानबिन हुनुपर्छः गगन थापा

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, चैत्र १०, २०८२  | अपराह्न ३:२१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले २०४६ सालपछि सार्वजनिक पदमा रहेका सबै व्यक्तिको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्न सरकारसँग माग गरेका छन्।

केन्द्रीय समितिको बैठकमा सम्बोधन गर्दै उनले उक्त अवधिमा सार्वजनिक सेवामा रहेका सबैको सम्पत्ति निष्पक्ष रूपमा जाँच हुनुपर्ने बताएका हुन्। “०४६ सालपछि सार्वजनिक सेवामा रहेका सबैको सम्पत्ति छानबिन गर्नुपर्छ,” उनले भने, “आयोग गठन गरेर छानबिन गरौँ, अवैध देखिए सम्पत्ति जफत गर्नुपर्छ।”

बिज्ञापन

थापाले यस विषयमा आफ्नो पार्टीको स्पष्ट धारणा रहेको उल्लेख गर्दै ३५ वर्षको अवधिमा भएका सबै गतिविधिको निष्पक्ष समीक्षा आवश्यक रहेको बताए। उनले कुनै पूर्वाग्रह नराखी २०४६ सालदेखि हालसम्मका घटनाक्रम, विशेषगरी भदौ २४ मा नेताका घरमा जलेका नोटसम्बन्धी घटनासमेत छानबिनको दायरामा ल्याउनुपर्ने धारणा राखे।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka