Premier Cables
Premier Steel

राष्ट्रिय

कांग्रेसभित्र विवाद चर्कियो, पुरानो केन्द्रीय समिति बैठक बोलाउने निर्णय

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, चैत्र ०८, २०८२  | अपराह्न ३:१० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसभित्र आन्तरिक विवाद तीव्र बन्दै गएको छ। विशेष महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति बैठक सानेपास्थित केन्द्रीय कार्यालयमा जारी रहँदा शेरबहादुर देउवा र शेखर कोइराला समूहले पुरानो केन्द्रीय समिति बैठक बोलाउने निर्णय गरेका छन्।

नेता मीनबहादुर विश्वकर्माका अनुसार आइतबार बिहान पूर्णबहादुर खड्काको संयोजकत्वमा पार्टी कार्यसम्पादन समितिको बैठक बसेको थियो। उक्त बैठकले छिट्टै केन्द्रीय कार्यसमिति बैठक आह्वान गर्ने निर्णय गरेको उनले जानकारी दिए।

बिज्ञापन

उनका अनुसार बैठकको मिति र समय खड्काले अन्य नेताहरूसँग परामर्श गरेर तय गर्नेछन्। साथै, आगामी बैठकमा कांग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्मालाई नबोलाउने निर्णय गरिएको पनि उनले बताए। यसअघि खड्काकै अध्यक्षतामा बसेको बैठकले उनीहरूलाई कारबाही गरेको थियो।

उक्त समूहले विशेष महाधिवेशनविरुद्ध अदालतमा मुद्दा दायर गरिसकेको छ। मुद्दा विचाराधीन रहेकाले अन्तिम निर्णय नआएसम्म पार्टीका गतिविधि जारी रहने विश्वकर्माको भनाइ छ।

बैठकमा खड्कासहित शेखर कोइराला, शशांक कोइराला, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की, प्रकाशशरण महत, मीनेन्द्र रिजाल, धनराज गुरुङ, जीवन परियार र बद्री पाण्डेलगायत नेताहरू सहभागी थिए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka