Premier Cables
Premier Steel

राष्ट्रिय

कांग्रेस बैठकको अध्यक्षता उपाध्यक्ष विश्व प्रकाश शर्माले गर्ने

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र ०५, २०८२  | बिहान ९:४९ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक शुक्रबार बस्दैछ, जसको अध्यक्षता उपसभापति विश्वप्रकाश शर्माले गर्ने भएका छन् ।

बैठकको प्रमुख कार्यसूचीमा सभापति गगनकुमार थापाको राजीनामाबारे जानकारी गराउने र हालैको निर्वाचनमा भएको पराजयको प्रारम्भिक समीक्षा प्रस्तुत गर्ने विषय समावेश गरिएको छ ।

बिज्ञापन

तल्लो तहबाट सबै विवरण संकलन भइनसकेको अवस्थामा उपसभापति शर्माले प्रारम्भिक विवरण प्रस्तुत गर्ने तयारी गरेका छन् । यसका लागि केन्द्रीय कार्यालयले सबै तहमा परिपत्र जारी गर्दै पराजय र जित दुवैका कारण स्पष्ट खुलाएर प्रतिवेदन पठाउन निर्देशन दिएको छ ।

पार्टी स्रोतका अनुसार बैठकको मुख्य ध्यान सभापति थापाको राजीनामामै केन्द्रित हुने देखिएको छ । उपसभापति शर्माले व्यक्तिविशेषको कारणले मात्र पराजय नभएको उल्लेख गर्दै, छोटो तयारीका बीच विशेष महाधिवेशनबाट आएको नेतृत्वले निर्वाचनमा भाग लिनु नै प्रमुख कारण भएको तर्कसहित राजीनामा अस्वीकृत गर्ने प्रस्ताव राख्ने तयारी गरेका छन् ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka