Premier Cables
Premier Steel

राजनीति

गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सार्न सकिन्छ- विश्वप्रकाश शर्मा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर १९, २०८२  | बिहान ८:३० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी निर्वाचनमा अर्का महामन्त्री गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सार्न आफू तयार रहेको बताए।

कांग्रेसले थापालाई अगाडि राखेर चुनावमा जानु सबैभन्दा उचित विकल्प हुने उल्लेख गर्दै शर्माले यस विषयमा आफूले पहिलेदेखि नै पहल गर्दै आएको बताए।

बिज्ञापन

उनले आगामी महाधिवेशनले पार्टी नेतृत्वका लागि समेत थापालाई छान्ने संकेत देखिएको र आवश्यक परे सभापतिकै रूपमा थापाको नेतृत्वमा चुनावमा जान सकिने बताए।

२०७९ मा शेखर–गगन समूहबीच भएको, संसदीय दलको नेताका रूपमा गगन थापालाई अघि बढाउने र १५औँ महाधिवेशनमा शेखर कोइरालालाई सभापति उम्मेदवारका रूपमा समर्थन गर्ने समझदारी अझै कायम छ कि भन्ने प्रश्नमा शर्माले भने, “अहिलेको परिस्थितिमा नेतृत्व गर्नका लागि मभन्दा तुलनात्मक रूपमा गगन थापा उपयुक्त हुनुहुन्छ भनेर मैले पहिलेदेखि नै भन्दै आएको हुँ। अब कसैले किराना पसल चलाइरहनुभएकाे व्यक्तिलाई ‘अर्को प्रधानमन्त्री को?’ भनेर सोध्नुहुन्छ भने—गगन थापा। स्कुल पढाइरहेका शिक्षकलाई विद्यार्थीले सोध्छन् ‘अब देशको नेतृत्व को गर्ला?’—गगन थापा।”

कान्तिपुर टेलिभिजनको ‘फायरसाइड’ कार्यक्रमका लागि दिएको अन्तरवार्तामा शर्माले केन्द्रीय समितिले निर्धारण गरेको कार्यतालिकामा केही सामान्य परिवर्तन भए पनि पौष २६ देखि २८ गतेभित्र महाधिवेशन सम्पन्न हुनेमा आफूहरू विश्वस्त रहेको बताए।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka