फायल फोटो
काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली झापा–५ बाट विशाल मतान्तरले पराजित भएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बालेन्द्र (बालेन) शाहसँग उनी पराजित भए।
मतगणनाअनुसार बालेनले ६८ हजार ३४८ मत प्राप्त गर्दै निर्वाचित भए भने ओलीले १८ हजार ७३४ मतमा सीमित रहे। यसअनुसार बालेनले ओलीलाई ४९ हजार ६१४ मतको फराकिलो अन्तरले पराजित गरेका छन्।
तीस्रो स्थानमा श्रम संस्कृति पार्टीका समिर तामाङ रहे, जसले ९ हजार २३३ मत प्राप्त गरे। नेपाली कांग्रेसकी मंधरा चिमरिया चौथो स्थानमा रहिन् र १ हजार ८२१ मत पाएकी थिइन्।
झापा–५ बाट ओली पटक–पटक निर्वाचित हुँदै आएका थिए, जबकि बालेन पहिलो पटक संसदीय निर्वाचनमा उम्मेदवार बनेका हुन्। बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा अघि सार्दै चुनाव प्रचार–प्रसार गरेको थियो। यसअघि काठमाडौँ महानगरपालिकाका मेयर रहेका बालेनले प्रतिनिधि सभा निर्वाचन घोषणा भएपछि मेयर पदबाट राजीनामा दिँदै संसदीय यात्राको तयारीमा जुटेका थिए।
