Premier Cables
Premier Steel

कोशी प्रदेश

झापा-५ मा बालेनको जित लगभग सुनिश्चित, ओली ३८ हजार मतले पछाडि

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण २३, २०८२  | अपराह्न २:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

झापा । झापा निर्वाचन क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह (बालेन) को जित लगभग सुनिश्चित भएको छ।

पछिल्लो मतगणनाअनुसार शाहले ५२ हजार ९६ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १४ हजार ३१ मत मात्र पाएका छन्। यसअनुसार शाहले ओलीभन्दा ३८ हजार ६५ मतान्तरले अग्रता कायम गरेका छन्।

बिज्ञापन

यस क्षेत्रमा कुल १ लाख ६ हजार ३५२ मत खसेको थियो। अब गन्न बाँकी मतले अन्तिम परिणाममा खासै फरक नपार्ने देखिएकाले शाहको जित लगभग सुनिश्चित भएको बताइएको छ।

यसैबीच अन्य उम्मेदवारहरू पनि प्रतिस्पर्धामा रहे तापनि मतपरिणाममा उल्लेख्य प्रभाव देखिएको छैन। यस क्षेत्रमा रञ्जित तामाङ, मन्धरा पौडेल र समिर तामाङ पनि चुनावी मैदानमा रहेका छन्।

मतगणना अन्तिम चरणतर्फ अघि बढेसँगै शाहको जित औपचारिक घोषणा हुने तयारी भइरहेको निर्वाचन अधिकारीहरूले जनाएका छन्।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka