Premier Cables
Premier Steel

राजनीति

रास्वपाका सागर भुसाल ११ हजारभन्दा बढी मतान्तरसहित विजयी

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण २३, २०८२  | बिहान १०:०२ बजे
Hamro Biratnagar Headlines

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत पर्वतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सागर भुसाल ११ हजारभन्दा बढी मतान्तरसहित विजयी भएका छन्।

शनिबार (फागुन २३) बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार भुसालले २६ हजार ५६१ मत प्राप्त गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार अर्जुनप्रसाद जोशीले १५ हजार ९५४ मत प्राप्त गरेका छन्। नेकपा (एमाले) का उम्मेदवार पदम गिरी १५ हजार ७५ मतसहित तेस्रो स्थानमा रहे।

त्यसैगरी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का उम्मेदवार मनहरी तिमिल्सिनाले ४ हजार ५५७ मत प्राप्त गरेका छन्। निर्वाचन आयोगले उक्त जानकारी दिएको हो।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka