Premier Cables
Premier Steel

राष्ट्रिय

देभभर रास्वाको ‘लिड’, कसले कहाँ जिते ?

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, फाल्गुण २३, २०८२  | बिहान ८:१४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जारी मतगणनाको पछिल्लो परिणामअनुसार १०२ निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अग्रस्थानमा रहेको छ।

निर्वाचन आयोगका अनुसार हाल १६० निर्वाचन क्षेत्रमा मतगणना भइरहेको छ। आज बिहान ६ बजेसम्म प्राप्त विवरणअनुसार नेपाली कांग्रेस १०, नेकपा (एमाले) १२ र नेपाली कम्युनिष्ट पार्टी ११ क्षेत्रमा अगाडि रहेका छन्। त्यसैगरी श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी १ र एक स्वतन्त्र उम्मेदवार पनि एक क्षेत्रमा अग्रस्थानमा छन्।

बिज्ञापन

आयोगका अनुसार हालसम्म २२ निर्वाचन क्षेत्रको अन्तिम नतिजा सार्वजनिक भइसकेको छ। तीमध्ये रास्वपाले १६, नेपाली कांग्रेसले ५, एमालेले १ र नेपाली कम्युनिष्ट पार्टीले १ स्थानमा जित हासिल गरेका छन्।

रास्वपाबाट मोरङ–४ मा सन्तोष राजवंशी, मोरङ–६ मा रुबिना आचार्य, धनुषा–३ मा मनिषा झा, काठमाडौं–१ मा रञ्जु न्यौपाने, काठमाडौं–३ मा राजुनाथ पाण्डे र काठमाडौं–४ मा पुकार बम विजयी भएका छन्।

त्यसैगरी काठमाडौं–५ मा सस्मित पोखरेल, काठमाडौं–७ मा गणेश पराजुली, काठमाडौं–८ मा विराजभक्त श्रेष्ठ, काठमाडौं–९ मा डोलप्रसाद अर्याल, काठमाडौं–१० मा प्रदीप विष्ट, कास्की–२ मा उत्तमप्रसाद पौडेल, कास्की–३ मा बिना गुरुङ, रुपन्देही–४ मा कन्हैया बानियाँ, बाँके–१ मा सुरेशकुमार चौधरी र स्याङ्जा–१ मा धनञ्जय रेग्मी विजयी भएका छन्।

यता नेपाली कांग्रेसले पाँच क्षेत्रमा जित हासिल गरेको छ। मनाङ–१ मा टेकबहादुर गुरुङ, मुस्ताङ–१ मा योगेश गौचन थकाली, दैलेख–१ मा बासना थापा, तेह्रथुममा सन्तोष सुब्बा र रसुवामा मोहन आचार्य विजयी भएका छन्।

नेपाली कम्युनिष्ट पार्टीका तर्फबाट रुकुम पूर्व–१ मा सो पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ विजयी भएका छन्।

त्यसैगरी नेकपा (एमाले) बाट बाँके–१ मा मोहम्मद इश्तियाक राई निर्वाचित भएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka