Premier Cables
Premier Steel

शेयर बजार

नेप्सेको सिस्टममा गडबडः देखियो ८८५ अंकको गिरावट, बजार बढ्यो १९ अंकले

Hamro Biratnagar News Channel Calendar आइतबार, फाल्गुण १७, २०८२  | साँझ ५:०१ बजे
Hamro Biratnagar Headlines

विराटनगर । नेप्सेको अनलाइन सिस्टममा भएको प्राविधिक समस्याका कारण सोमबार सेयर बजारसम्बन्धी गलत तथ्यांक सार्वजनिक भएको छ ।

नियमित कारोबार बन्द भएपछि केहीबेर एक्कासि त्रुटिपूर्ण सूचना प्रवाह भएको थियो ।

नेप्से परिसूचक १९ अंकले बढेको अवस्थामा रहँदा प्रणालीमा अचानक ८८५.३३ अंक अर्थात् ३३.३५ प्रतिशतले बजार घटेको विवरण देखिएको थियो । यस्तो विवरण आएपछि लगानीकर्ता चिन्तित भएका थिए ।

यस विषयमा नेप्सेका अधिकारीसँग जानकारी लिन खोज्दा प्राविधिक समस्याका कारण गलत डेटा देखिएको पुष्टि गरिएको छ। समस्या समाधान गर्न प्राविधिक टोली सक्रिय रहेको बताइएको छ ।

पछिल्ला समयहरूमा पनि नेप्से प्रणालीमा पटक-पटक समस्या देखिँदै आएको छ। बारम्बार यस्ता प्राविधिक अवरोध आउँदा लगानीकर्ताहरू प्रत्यक्ष रूपमा प्रभावित हुने गरेका छन्। बजारसम्बन्धी तथ्यांकमा देखिने त्रुटिले लगानी निर्णयमा असर पार्ने भएकाले प्रणालीको स्थायित्व र विश्वसनीयता सुनिश्चित गर्नुपर्ने आवश्यकता बढ्दै गएको छ।

११० वटा कम्पनीको शेयर मूल्य नकारात्मक सर्किट लेभलमा घटेको देखाएको छ । यो समयको बजार पूँजीकरण २९ खर्ब ७६ अर्ब ९३ करोड रुपैयाँमा झरेको देखाएको छ । डिस्प्लेमा गडबडी हुदाँ सिष्टममा यस्तो भएको नेप्सेले जनाएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka