Premier Cables
Premier Steel

विराटनगर समाचार

तेरापन्थ प्रोफेसनल फोरमद्वारा निःशुल्क स्वास्थ्य शिविर आयोजना

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar शुक्रबार, जेठ ०९, २०८२  | बिहान ८:३७ बजे

विराटनगर । तेरापन्थ प्रोफेसनल फोरम (टिवाइएफ) विराटनगर र लाइफ गार्ड हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम आयोजना गरिएको छ । तेरापन्थ भवन विराटनगरमा भव्य रूपमा कार्यक्रम सम्पन्न भएको हो ।

समारोहमा विभिन्न विशिष्ट व्यक्तिहरूको शुभकामना राखेका थिए । त्यस अवसरमा जैन श्वेताम्बर तेरापन्थ सभा विराटनगरका अध्यक्ष सतीश दुगड, नेपाली कांग्रेस नगर सभापति, विराटनगरका सभापति दीपक चापागाई‌, टिवाइएफ अध्यक्ष पवन बोथरा, लाइफ गार्ड हस्पिटलका संचालक रञ्जित अग्रवालसाथै उपस्थित वरिष्ठ चिकित्सकले शुभकामना दिएका थिए । यस किसिमका कार्यले सामाजिक सेवाकाे भाव बढउने उनीहरुको भनाइ थियो ।

बिज्ञापन

कार्यक्रमको अध्यक्षता अमित सुरानाले गरेका थिए । यस किसिमको सामाजिक पहल समुदायको स्वास्थ्य समृद्धितर्फ एक महत्वपूर्ण पाइला भएको सुरानाले बताए ।

कार्यक्रम संचालन सचिव रतन परखले गरेका थिए । डा. नूतन नौलखाले धन्यवाद मन्तव्य व्यक्त गरिन । निःशुल्क स्वास्थ्य सेवा कार्यक्रम अन्तर्गत
हरेक दिन बिहान ८:०० बजे देखि ९:०० बजेसम्म तेरापन्थ भवन विराटनगरमा अनुभवी चिकित्सकहरूद्वारा निःशुल्क ओपीडी सेवा प्रदान गरिने बताइकएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka