Premier Cables
Premier Steel

राजनीति

कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

Hamro Biratnagar News Channel Calendar बुधबार, भाद्र १०, २०८३  | अपराह्न १:३८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ। कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक बस्नेछ।

रसुवामा आएको बाढी र त्यसले पुर्याएको मानवीय तथा भौतिक क्षतिकै विषयमा छलफल गर्न यो आपतकालीन बैठक डाकिएको हो। बाढी प्रभावित क्षेत्रमा पार्टीको तर्फबाट उद्धार तथा राहत कार्य कसरी अगाडि बढाउने भन्नेबारे बैठकमा ठोस निर्णय लिइने बताइएको छ।

बिज्ञापन

बैठकमा काठमाडौं उपत्यकामा उपलब्ध केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू, नेपाली कांग्रेसका भ्रातृ एवं शुभेच्छुक संस्थाका अध्यक्षहरू तथा रसुवा, धादिङ र नुवाकोटका जिल्ला सभापतिहरू सहभागी हुनेछन्। बाढीले विशेषगरी रसुवा जिल्लामा बढी असर पारेको हुनाले प्रभावित तीनवटै जिल्लाका सभापतिहरूलाई बैठकमा विशेष रूपमा आमन्त्रण गरिएको छ।

*** समाप्त ***
eastern ad
aarya
ACS
Homepage after Biratnagar news

बुधबार, भाद्र १०, २०८३   |   समाचार
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka