Premier Cables
Premier Steel

राष्ट्रिय

विपन्नले सहज ढंगले उपचार पाउनु पर्यो त्यही हो रास्वपाको एजेन्डाः बालेन

Calendar बुधबार, फाल्गुण ०६, २०८२  | अपराह्न ३:०८ बजे

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष बालेन्द्र शाहले आफ्नो पार्टी काम गर्नका लागि आएको बताएका छन्। उनले रास्वपा मत माग्नभन्दा पनि काम गर्ने प्रतिबद्धतासहित जनतामाझ आएको उल्लेख गर्दै मत नदिए पनि जनताको हितमा काम गर्ने दाबी गरे।

धनगढीमा आयोजित पार्टी सभालाई सम्बोधन गर्दै शाहले विपन्न नागरिकले सहज रूपमा स्वास्थ्य उपचार पाउने व्यवस्था आफ्नो प्रमुख एजेन्डा रहेको बताए। उनले सबैले समान रूपमा प्रयोग गर्न सक्ने पूर्वाधार निर्माणमा जोड दिँदै माओवादी, कांग्रेस वा एमाले जोसुकै भए पनि हिँड्ने बाटो सबैका लागि बनाइने स्पष्ट पारे।

उनले सुदूरपश्चिमको सम्भावनाबारे चर्चा गर्दै खप्तड राष्ट्रिय निकुञ्ज र बडिमालिकाजस्ता धार्मिक तथा प्राकृतिक सम्पदाको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको बताए। “स्विट्जरल्यान्ड किन बाहिर खोज्ने, यहाँकै सम्भावनालाई विकास गर्नुपर्छ,” भन्दै उनले सुदूरपश्चिमलाई समृद्ध बनाउने प्रतिबद्धता व्यक्त गरे।

शाहले सुदूरपश्चिमको पहिचान झल्काउने गीत–संगीत र संस्कृतिलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्नुपर्ने धारणा राखे। उनले आफ्नो सम्बोधन डोट्याली भाषाबाट सुरु गर्दै स्थानीय भाषा, कला र संस्कृतिको सम्मान गर्नुपर्नेमा जोड दिएका थिए।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka