नोट: यो समाचार २ महिना अघिको हो
विराटनगर । विराटनगरका उद्योगी तथा समाजसेवी घनश्यामजी राठीको ८२ वर्षको उमेरमा निधन भएको छ । परिवारका अनुसार उनको आइतबार दिउँसो २ः३० बजे स्वर्गारोहण भएको हो ।
स्वर्गीय राठी महेन्द्र कुमार राठी र राजेन्द्र कुमार राठीका पिता तथा नितेश राठीका हजुरबुबा हुन् । विराटनगरमा राठी परिवारको औद्योगिक विरासत स्थापना गर्न स्व.घनश्यामको ठूलो योगदान रहेको छ । सामाजिक रुपमा सक्रियसमेत रहेका उनले सेवा सम्बन्धी विविध कार्य गरेका छन् ।
उनको पार्थिव शरीरको अन्तिम यात्रा सोमबार बिहान ११ बजे विराटनगरस्थित ईस्टर्न सिटी, बञ्जारा चोक (श्री श्याम मन्दिरको छेउ) बाट हाटखोलास्थित परम विश्रान्ति स्थलतर्फ प्रस्थान गर्ने परिवारले जनाएको छ ।
उनको निधनबाट विराटनगरको औद्योगिक जगतमा शोक परेको छ । यस शोकमा राठी परिवारसहित आफन्तजन तथा शुभेच्छुक रहेका छन् ।
