Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

११६ मा परीक्षण गर्दा पश्चिम बंगालमा दुई जनामा निपाह भाइरस पुष्टि

नोट: यो समाचार १ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, माघ १७, २०८२  | साँझ ४:०७ बजे
Hamro Biratnagar Headlines

काठमाडौँ । भारतको राष्ट्रिय रोग नियन्त्रण केन्द्र (एनसीडीसी) ले गत डिसेम्बरयता पश्चिम बंगालमा निपाह भाइरसका दुई मात्र पुष्टि भएका केस देखिएको जनाएको छ।

एनसीडीसीका अनुसार संक्रमित दुवै जना स्वास्थ्यकर्मी हुन्। उनीहरूसँग सम्पर्कमा आएका १ सय ९६ जनाको परीक्षण गर्दा सबैको नतिजा नेगेटिभ आएको छ।

बिज्ञापन

केही सञ्चारमाध्यममा निपाह भाइरससम्बन्धी अनुमानजनक र गलत तथ्यांक प्रसारित भइरहेको भन्दै एनसीडीसीले स्पष्टिकरण दिएको छ। जारी विज्ञप्तिमा भनिएको छ, “राष्ट्रिय रोग नियन्त्रण केन्द्रबाट प्राप्त विवरणअनुसार गत डिसेम्बरदेखि हालसम्म पश्चिम बंगालबाट निपाह भाइरसका केवल दुई पुष्टि भएका केस मात्र रिपोर्ट भएका छन्।”

यी दुई केस पुष्टि भएपछि भारत सरकारले पश्चिम बंगाल सरकारसँग समन्वय गर्दै रोकथामका विभिन्न उपायहरू लागू गरेको छ। शंकास्पद व्यक्तिहरूलाई निगरानीमा राख्ने र पहिचानका लागि प्रयोगशालामा परीक्षण गर्ने कार्य भइरहेको अधिकारीहरूले बताएका छन्।

एनसीडीसीले अवस्था निरन्तर निगरानीमा रहेको र आवश्यक सबै सार्वजनिक स्वास्थ्यसम्बन्धी उपायहरू कार्यान्वयनमा रहेको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka