Premier Cables
Premier Steel

शेयर बजार

सामान्य अंकले बढ्यो शेयर बजार

Calendar बिहिबार, माघ ०८, २०८२  | साँझ ५:०४ बजे

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च (नेप्से) परिसूचक ०.३४ प्रतिशत अर्थात ९.२३ अंकले बढेर २ हजार ७१४.६१ विन्दुमा पुगेको छ ।

यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१० प्रतिशतले घटेर ४६५.४२ विन्दुमा झरेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३३२ वटा स्क्रिप्टको १ करोड ९० लाख ७५ हजार ७५६ कित्ता सेयर ९ अर्ब ७ करोड ३९ लाख रुपैयाँ बढीको सेयर कारोबार भयो । अघिल्लो दिन भने ८ अर्ब ९२ करोड बढीको कारोबार भएको थियो ।

बिज्ञापन

आजको बजारबारे बजार जानकार प्रकाश रजौरे भन्छन्, ‘पछिल्लो समय सेयर लगानीकर्ताहरुमा विस्तारै कन्फिडेन्ट आउन थालेको छ । केही दिनयता बजारमा भोल्युम पनि बढेको छ भनेपछि इन्भेष्टरहरु बजारमा प्रवेश गरेको बुझ्न सकिन्छ ।

यसअघि बजारमा ट्रेडरहरु मात्रै हाबी थिए । ४-५ रुपैयाँको नाफा बुक गरेर सेयर बिक्री गर्ने प्रवृत्तिले बजारमा स्थायीत्व थिएन ।’

उनले थपे, ‘अब दीर्घकालिन तथा मध्यकालिन रुपमा लगानी गर्ने लगानीकर्ताहरुको बजारमा प्रवेश भएको छ । नीतिगत कारणले अहिले लगानीकर्तामा मनोबल बढेको देखिन्छ ।

बैंकहरुमा तरलता पर्याप्त र ब्याजदर पनि घट्दो रुपमा रहेकाले बजारमा अझै ठूलो रकम भित्रिन सक्ने देखिन्छ । साथै आउँदै गरेको चुनावपछि बन्ने सरकार दिगो बन्ने आम लगानीकर्ताहरुमा विश्वास छ ।

प्राय दलहरुले आफ्ना घोषणापत्रमा पूँजीबजारलाई समेत प्राथमिकतामा राखेका कारण लगानीकर्ताहरु उत्साहित छन्, यसकारण सेयरबजार विस्तारै दिगो हुँदै जान्छ भन्ने विश्वास छ ।’

यो दिन नेप्सेमा सूचीकृत १३ वटा समूहमध्ये तीनवटा बाहेक अन्य सबैमा हरियाली छायो । आज फाइनान्स समूह सर्वाधिक अर्थात २.३८ प्रतिशतले बढ्यो । विकास बैंक समूह पनि आज १.५१ प्रतिशत, होटल १.२६, हाईड्रो ०.८६, लगानी ०.०९, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन १.३५, लघुवित्त ०.३६, निर्जीवन बीमा ०.२३ र अन्य समूह ०.३६ प्रतिशतले बढ्यो ।

व्यापार समूह आज सर्वाधिक अर्थात १.१५ प्रतिशतले घट्यो । बैंकिङ समूह पनि आज ०.३१ प्रतिशत र म्युचुअल फण्ड ०.०७ प्रतिशतले घट्यो ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka