Premier Cables

शेयर बजार

रविको सम्बोधनले शेयर बजारमा उत्साह, २१ अर्ब रुपैयाँको कारोबार

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, चैत्र ०५, २०८२  | अपराह्न ३:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । करिब दुईतिहाई बहुमतसहित सरकार गठनको तयारीमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको लगानीमैत्री अभिव्यक्तिपछि सेयर बजारमा उल्लेखनीय उत्साह देखिएको छ।

बुधबार नवनिर्वाचित सांसदहरूका लागि आयोजित अभिमुखीकरण कार्यक्रमको समापन समारोहमा लामिछानेले निजी क्षेत्र, लगानीकर्ता र अन्तर्राष्ट्रिय समुदायप्रति दिएको स्पष्ट सन्देशले बजारमा सकारात्मक मनोविज्ञान निर्माण गरेको विश्लेषण गरिएको छ।

विज्ञापन

बिहीबार कारोबार सुरु भएदेखि नै अधिकांश समूहका सेयरमा उच्च माग देखिएको छ। यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक करिब ६५ अंकले वृद्धि हुँदै २९०० विन्दू नजिक पुगेको छ भने करिब १८ अर्ब रुपैयाँ बराबरको कारोबार भइसकेको छ।

समूहगत सूचकमा बैंकिङ क्षेत्र ३ प्रतिशतभन्दा बढीले उकालो लागेको छ भने विकास बैंक समूह ४.२३ प्रतिशतले बढेको छ। पछिल्लो समय बजारको नेतृत्व गरिरहेको जलविद्युत समूहमा समेत झण्डै ३ प्रतिशतको वृद्धि देखिएको छ। अन्य अधिकांश समूहहरू पनि १ प्रतिशतभन्दा माथिको वृद्धिदरमा कारोबार भइरहेका छन्।

विश्लेषकहरूका अनुसार बजारमा देखिएको यो उछालले दिगो ‘बुलिस ट्रेन्ड’ को संकेतसमेत दिएको छ।

के सन्देश दिए लामिछानेले ?

सभापति लामिछानेले आफ्नो सम्बोधनमा लगानी सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै निजी क्षेत्रलाई ढुक्क भएर काम गर्न आग्रह गरेका थिए। उनले “विचलित नहुनुहोस्, निर्धक्क भएर काम गर्न सक्ने वातावरण बनाइन्छ” भन्दै लगानीकर्ताको मनोबल बढाउने प्रयास गरेका थिए।

उनले लगानीको सुरक्षा कुनै व्यक्ति वा पार्टीसँग नभई राज्यको नीतिगत संरचनासँग जोडिने स्पष्ट पार्दै स्थायित्व र विश्वसनीयतामा जोड दिएका थिए। साथै, नेपाललाई सुरक्षित लगानी गन्तव्यका रूपमा प्रस्तुत गर्दै स्वदेशी तथा विदेशी लगानीकर्तालाई आकर्षित गर्ने प्रतिबद्धता जनाएका थिए।

लामिछानेले विदेशमा रहेका नेपालीलाई स्वदेशमै लगानी गर्न आह्वान गर्दै कानुनी तथा संरचनागत अवरोध हटाउने संकेत पनि दिएका थिए। सांसदहरूलाई ‘स्टन्ट’ भन्दा प्रणाली सुधारमा केन्द्रित हुन निर्देशन दिँदै उनले नीतिगत स्पष्टता र पारदर्शितालाई प्राथमिकतामा राख्ने बताएका थिए।

उनले अर्थतन्त्रमा बिचौलियाको प्रभावलाई प्रमुख चुनौतीका रूपमा औँल्याउँदै त्यस्तो प्रवृत्तिबाट टाढा रहन चेतावनी दिएका थिए। सुशासन, पारदर्शिता र नीतिगत स्थिरतामार्फत आर्थिक गतिविधि सञ्चालन गरिने उनको भनाइ थियो।

लामिछानेको भनाइअनुसार सरकारको प्राथमिकता कानुन निर्माण, आधारभूत सेवा विस्तार र प्रशासनिक सुधारमार्फत लगानीमैत्री वातावरण निर्माण गर्नु हुनेछ।

 देखियो ‘विश्वासको प्रभाव’

रास्वपाको सम्भावित नेतृत्वमा बन्ने स्थिर सरकार, नीतिगत सुधारको प्रतिबद्धता र निजी क्षेत्रप्रति सकारात्मक दृष्टिकोणले लगानीकर्ता, उद्योगी–व्यवसायी तथा डायस्पोरामा विश्वास बढाएको देखिन्छ।

यही विश्वासको प्रत्यक्ष प्रभाव सेयर बजारमा देखिएको विश्लेषण गरिएको छ, जसले आगामी दिनमा थप लगानी आकर्षित हुने संकेतसमेत दिएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka