Premier Cables
Premier Steel

राजनीति

सुनसरीमा कांग्रेस उमेदवारः २ मा राजीव कोइराला, ज्ञानेन्द्र कार्की ४ मा

Calendar मंगलबार, माघ ०६, २०८२  | बिहान १०:५७ बजे

विराटनगर । नेपाली कांग्रेसले सुनसरीका चारवटै प्रतिनिधिसभा निर्वाचन क्षेत्रका उम्मेदवार टुंगो लगाएको छ ।

सुनसरी क्षेत्र नम्बर १ बाट क्षेत्रीय सभापति सुजेन्द्र तामाङ कांग्रेसका उम्मेदवार बनेका छन् । तामाङ कांग्रेस नेता शेखर कोइराला निकट मानिँदै आए पनि विशेष महाधिवेशनका क्रममा गगन थापा पक्षमा खुलेका थिए । क्षेत्रीय तहबाट उनको नाम सिफारिस नभए पनि अन्ततः टिकट पाएका हुन् ।

बिज्ञापन

सुनसरी क्षेत्र नम्बर २ मा कांग्रेसले राजीव कोइरालालाई उम्मेदवार बनाएको छ । २०७४ मा कोसी प्रदेश संसदीय दलका नेता रहेका कोइराला २०७९ को प्रदेशसभा निर्वाचनमा क्षेत्र नम्बर २(२) बाट पराजित भएका थिए । उनी शेखर कोइराला समूहका नेता तथा कांग्रेसका निवर्तमान केन्द्रीय सदस्य हुन् ।

सुनसरी क्षेत्र नम्बर ३ मा दुहबी नगरपालिकाका प्रमुख बेद गच्छदार कांग्रेसका उम्मेदवार बनेका छन् । सो क्षेत्रबाट विजयकुमार गच्छदारले सातौं पटक उम्मेदवारी दिने इच्छा व्यक्त गरे पनि कांग्रेसले बेदलाई टिकट दिएको हो । बेद हाल दुहबी नगरपालिकामा दोस्रो कार्यकालतर्फ अग्रसर प्रमुख हुन् । यस क्षेत्रमा नेकपा एमालेले भगवती चौधरीलाई पुनः उम्मेदवार बनाएको छ । चौधरीले अघिल्लो निर्वाचनमा विजय गच्छदारलाई पराजित गरेकी थिइन् ।

सुनसरी क्षेत्र नम्बर ४ मा कांग्रेसले ज्ञानेन्द्रबहादुर कार्कीलाई टिकट दिएको छ । कार्की अघिल्लो निर्वाचनमा यही क्षेत्रबाट विजयी भएका थिए । उनी पार्टी सभापति शेरबहादुर देउवा पक्षका नेता हुन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka