Premier Cables
Premier Steel

समाचार

दक्षिण कोरियाले निष्काशन गर्यो १० नेपाली

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, जेठ ०५, २०८२  | बिहान १०:१५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नेपालीको बैदेशिक रोजगारीको आकर्षक गन्तब्य मध्येको एक दक्षिण कोरियाले १० जना नेपालीलाई निष्काशन गरेको छ। गैरकानुनी रूपमा बस्दै आएका उनीहरूलाई दक्षिण कोरियाको अध्यागमनले निष्काशन गरेको हो।

यसरी निष्काशनमा पर्नेमा चार जना अध्यागमन कानुन उल्लंघन गर्नेहरू छन। जसमा सम्बाहम्बे, गौतम, गुरुङ र थापा थरका एक(एक जना रहेको कोरिया प्रशासनले जनाएको छ । उनीहरूलाई गत मे १६ तारिखमा नेपाल फर्काइएको हो। यसैगरी भिसा म्याद सकेर लुकीछिपी बस्ने ६ जनालाई त्यहाँको अध्यागमनले निष्कासन गरेको हो।

बिज्ञापन

निष्कासनमा पर्नेमा थापा, तिवारी पुन, अधिकारी, पुन र घर्ती क्षेत्री थरका एक एक जना रहेका छन्। उनीहरूलाई १५ तारिखमा थाई यएरवेजको विमानबाट काठमाडौं फर्काइएको छ । वैशाखको अन्तिम साता पनि एकैपटक ९ जना नेपालीलाई दक्षिण कोरियाले निष्काशन गरेक थियो। अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा उनीहरूलाई दक्षिण कोरिया सरकारले नेपाल फर्काएको थियो।

नेपाल फर्काइनेमा थापा, ठगुन्ना, आचार्य, राई, तुम्बाहम्पे, राई, तामाङ, मगर र मैनाली थरका एक(एक जना रहेका थिए। दक्षिण कोरिया नेपाली युवाहरूको प्रमुख वैदेशिक रोजगारीको गन्तव्य हो। कम लागत र आकर्षक तलब पाउने भएपछि इपीएस भाषा परीक्षाका लागि प्रत्येक वर्ष लाखौं नेपालीले आवेदन दिँदै आएका छन ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka