विराटनगर । कांग्रेस विशेष महाधिवेशन गरेर पार्टी हित विपरीत काम गरेको भन्दै संस्थापन पक्षले महामन्त्रीद्वय गगन थापा र विश्व प्रकाश शर्मा, सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई पाँच वर्षका लागि पार्टीबाट निष्कासन गरिएको घोषणा गरेको छ ।
योसँगै औपचारिक रुपमै कांग्रेस फुटको अवस्थामा पुगेको छ ।
बिज्ञापन
महाधिवेशनमा सहभागी भएका नेतालाई भने फर्किएर आउन आह्वान गरिएको छ । के यसले कारवाही प्रक्रिया तीन जनालाई मात्र हो भन्ने प्रश्न उब्जिएको छ । के महाधिवेशनमा सहभागी हुने अन्य नेतालाई कार्वाही हुँदैन ?
महाधिवेशनमा सहभागी हुन कांग्रेस नेता प्रदीप पौडेल, विनोद चौधरी, अमृत अर्याल, केदार कार्की, सुनील शर्मा, महेश आचार्य, गुरुराज घिमिरे, चन्द्र भण्डारी आदि नेता पनि कारवाहीमा पर्ने भन्ने चर्चा छ । के उनीहरुलाई पनि कारवाही हुन्छ ?