Premier Cables
Premier Steel

विराटनगर

विद्यार्थीलाई पहिला अध्ययन र पेशा, त्यसपछि मात्रै राजनीति

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar सोमबार, पुष २८, २०८२  | साँझ ७:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) का पूर्व केन्द्रीय अध्यक्ष तथा वरिष्ठ सल्लाहकार टीकाराम पुरीले राजनीतिमा लाग्नुपूर्व कुनै निश्चित पेशा वा सीप हुनु अनिवार्य रहेको बताएका छन् ।

विराटनगरमा आयोजित प्याब्सन मोरङको दोस्रो जिल्ला परिषद भेलालाई प्रमुख अतिथिको रूपमा सम्बोधन गर्दै पुरीले नेपालमा ‘झोले’ प्रथाले देशको विकास रोकेको टिप्पणी गरे ।

बिज्ञापन

आफ्नो ३२ वर्ष लामो शैक्षिक यात्राको अनुभव सुनाउँदै पुरीले भने, “मैले ३२ वर्ष स्कुल चलाएँ, वार्षिक ३५ देखि ४० करोडको कारोबार गर्छु, तर अहिलेसम्म काठमाडौंमा एउटा घर बनाउन सकेको छैन। अहिले पनि ५०–६० लाखको गाडी ऋणमै चढेको छु।”

उनले भने, “तर विडम्बना, कुनै निश्चित आयस्रोत नभएका नेताहरू साढे तीन–चार करोडको गाडी चढ्छन् र हामीलाई चाहिँ ‘शिक्षाका माफिया, शोषक र व्यापारी’ भन्दै गाली गर्छन्।”

पुरीले देशमा उत्पादनशील जनशक्तिभन्दा पनि राजनीतिक आडमा बाँच्ने ‘झोले’हरूको संख्या बढ्दै गएकोमा चिन्ता व्यक्त गरे । “जबसम्म मानिससँग आफ्नै पेशा र कमाइ हुँदैन, उ सत्तामा पुग्दा भ्रष्टाचार र अनियमिततामा लिप्त हुन्छ। किनकि उसलाई भोलिको चिन्ता हुन्छ,” उनले भने।

अहिलेको नयाँ पुस्ता जेनजीलाई शिक्षा र पेशा छोडेर झोला बोक्न उक्साउने प्रवृत्तिले देशलाई झन् कङ्गाल बनाउने उनको तर्क थियो। शिक्षक र विद्यालय सञ्चालकहरूले विद्यार्थीलाई पहिला पढ्न, एउटा पेशा अंगाल्न र त्यसपछि मात्रै राजनीतिमा चासो राख्न सिकाउनुपर्नेमा उनले जोड दिए ।

आसन्न निर्वाचन र नयाँ बन्ने सरकारको सन्दर्भमा बोल्दै पुरीले भावनामा आएर वा सामाजिक सञ्जालको भरमा निर्णय नगर्न आग्रह गरे । उनले भने, “देशको उन्नति र विकासका लागि गम्भीर भएर सोच्नुहोस्।

निजी विद्यालयका समस्या बुझ्ने र नीति–नियम बनाउँदा सहयोग गर्ने नेतृत्व चयन गर्न सचेत हुनुपर्छ।”

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka