Premier Cables
Premier Steel

राजनीति

रास्वपा र विवेकशील साझा पार्टी एकीकरण हुँदै

नोट: यो समाचार ६ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर १०, २०८२  | साँझ ७:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीच एकीकरण घोषणा आगामी आइतबार गर्ने तय भएको छ।

दुई दलबीच एकता सम्बन्धी सहमति जुटेसँगै विवेकशील साझाले एकीकरणको निर्णय सार्वजनिक गरेको हो। घोषणा राष्ट्रिय सभा गृहमा गरिनेछ।

बिज्ञापन

विवेकशील साझा पार्टीले उपाध्यक्ष तथा संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारद्वारा प्रस्तुत ‘वैकल्पिक राजनीतिक दलबीचको वृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्ताव’ लाई सर्वसम्मतरुपमा पारित गर्दै रास्वपासँग एकीकरण गर्ने निर्णय अनुमोदन गरेको हो।

उपाध्यक्ष परियारले वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता तीव्ररूपमा बढिरहेकै बेला युवामुखी आन्दोलन ‘जेनजी विद्रोह’ ले दुई दलबीचको एकता प्रक्रियालाई अझ गति दिएको बताए। उनका अनुसार, आगामी निर्वाचनमा प्रभावशाली शक्ति बन्ने र जनताको विकास, समृद्धि तथा सुशासनप्रतिको आकांक्षालाई परिणाममुखी बनाउने उद्देश्यले एकीकरण गरिएको हो। परियारले यो कदमले राष्ट्रिय सन्देश दिने पनि उल्लेख गरे।

पार्टी एकीकरणसँग सम्बन्धित केही प्राविधिक विषय भने दुवै दलका नेतृत्वबीच उच्चस्तरीय सहमतिमार्फत टुंगो लगाइने जनाइएको छ।

वैकल्पिक राजनीतिका संस्थापक उज्वल थापाको योगदान तथा ‘विवेकशील आन्दोलन’लाई लिपिबद्ध गर्ने र प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउने साझा लक्ष्यका आधारमा एकता भएको विवेकशील साझाका प्रवक्ता आशुतोष प्रधानले जानकारी दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

विद्युत् महसुलमा भ्याट: आम उपभोक्ताको भान्छादेखि दैनिक खर्च बढ्ने चिन्ता

Clock Iconसोमबार, जेठ १८, २०८३

भ्याट बिललाई लट्री टिकट बनाउने सरकारको योजना, दैनिक लखपति बनाइने

Clock Iconआइतबार, जेठ १७, २०८३

भन्सार दर दोब्बर भएपछि सुनको मूल्यमा ऐतिहासिक उछाल, एकैदिन तोलामा २० हजार ५०० रुपैयाँ वृद्धि

Clock Iconआइतबार, जेठ १७, २०८३

कोशी विनियोजन विधेयकका प्राथमिकता: शिक्षा, स्वास्थ्य र पूर्वाधार विकास

Clock Iconआइतबार, जेठ १७, २०८३

बजेटमा फेरि छुट्यो विराटनगर, कोशी प्रदेशका पूर्वाधार, ऊर्जा र पर्यटन परियोजना भने प्राथमिकतामा

Clock Iconशनिबार, जेठ १६, २०८३

बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

Clock Iconशनिबार, जेठ १६, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka